आगामी फागुन ७ गते प्रारम्भ हुने नेपाली कांग्रेसको महासमितिको बैठक तयारी मूल समितिका संयोजक एवं पार्टी सभापति श्री शेरबहादुर देउवाले “आर्थिक उपसमिति” मा देहाय बमोजिम संयोजक र सदस्यहरू चयन गरी जिम्मेवारी सुम्पिनु भएको छ ।
आर्थिक उपसमिति
१. संयोजक — श्री अनिलकुमार रुंगटा, केन्द्रीय सदस्य
२. सदस्य — श्री उमेश श्रेष्ठ, केन्द्रीय सदस्य
३. सदस्य — ई. मोहन आचार्य, केन्द्रीय सदस्य
४. सदस्य — श्री इन्द्रबहादुर वानियाँ, सभापति, बागमती प्रदेश
५. सदस्य — श्री दिपक खड्का, सभापति, नेपाली कांग्रेस, संखुवासभा ।
महासमिति बैठक व्यवस्थित एवं प्रभावकारी बनाउन तोकिएको जिम्मेवारी उपसमितिले कुशलतापूर्वक निर्वाह गर्ने विश्वास सभापतिले व्यक्त गर्नु भएको छ ।









































