काठमाडौँ- ब्राजिलको यू-२३ फुटबल टिम पेरिस ओलम्पिकका लागि छनोट हुन असफल भएको छ ।

साविक विजेता समेत रहेको ब्राजिलले सोमबार बिहान भएको निर्णायक खेलमा अर्जेन्टिनासँग १-० गोलको पराजय भोगेपछि यसै वर्ष हुने ओलम्पिकका लागि छनोट हुन नसकेको हो ।
ब्राजिल सन् २००४ पछि पहिलोपटक ओलम्पिकको फुटबलका लागि छनोट हुन नसकेको हो
ब्राजिलमाथि अर्जेन्टिनलाई जित दिलाउन लुसियानो गोन्डोउले ७७ औँ मिनेटमा निर्णायक गोल गरे ।
यससँगै अर्जेन्टिना भने ओलम्पिकका लागि छनोट भएको छ ।








































