Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२०:१९ दिउँसो
- ADVERTISEMENT -

गोरखाका तीन पालिकामा फागुन १ गते सार्वजनिक विदा

प्रकाशित मिति: २०८० माघ २९, सोमबार

219
Shares

सर्वोच्च अदालतको आदेशविपरीत गोरखाका तीन पालिकाले फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउनका लागि सार्वजनिक विदा दिने निर्णय गरेका छन् ।
जिल्लाका अजीरकोट, गण्डकी र भीमसेनथापा गाउँपालिकाले फागुन १ गते सार्वजनिक विदा दिई जनयुद्ध दिवस मनाउने निर्णय गरेका हुन् ।
अजीरकोट गाउँपालिकाको आइतबार सम्पन्न ११२ औं बैठकले फागुन १ गते पालिकाअन्तर्गतका सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, पालिकाभित्र सञ्चालित वैंक तथा वित्तीय संस्थामा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।

सार्वजनिक सूचना जारी गरी सो पालिकाले सार्वजनिक विदाको निर्णय गरेको जानकारी दिएको छ ।


त्यस्तै गण्डकी गाउँपालिकाले पनि फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ । पालिकाको वार्षिक नीति तथा कार्यक्रममा नै सो दिन सार्वजनिक विदा दिने निर्णय गरिएको पालिका प्रमुख दिपक तिमिल्सिनाले जानकारी दिए ।

भीमसेन थापा गाउँपालिकाका प्रमुख लोकप्रसाद बञ्जराले पनि बार्षिक कार्यपात्रोमा सो दिनमा सार्वजनिक विदा दिने निर्णय गरेकाले निर्णय परिवर्तन नहुने जनाएका छन् । ‘हामीले सो दिनमा सार्वजनिक विदा उल्लेख गरेर बार्षिक क्यालेण्डर बनाएका छौँ’, बञ्जराले भने, ‘संघ सरकारले फिर्ता लिए पनि हाम्रो पालिकाको निर्णय फिर्ता हुदैन ।’


गोरखाका गण्डकी, भीमसेनथापा र अजीरकोट गाउँपालिका माओवादीले जितेका गाउँपालिकाहरु हुन् । गोरखाका ११ मध्य नौ वटा गाउँपालिका माओवादीले जितेको थियो । अन्य पालिकाले भने यस विषयमा केन्द्र सरकारको निर्णयसंग बाझिने गरी कुनै निर्णय नभएको जनाएका छन् ।


यसअघि जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने सरकारी निर्णयविरुद्ध परेको रिटमाथि शुक्रवार सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले यस्तो आदेश दिएको थियो । जनयुद्ध शब्दमा राष्ट्रिय सहमति बनिनसकेको र संक्रमणकालीन न्यायका काममा संलग्न संस्थाको भावी काममा समेत प्रभाव पर्नसक्ने ठहर गर्दै सर्वोच्चले सरकारको सो निर्णय कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले गत पुस १३ गते आदेश दिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -