नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८० फाल्गुण ३ गते बिहीबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ । आगामी फाल्गुण ७—१० गते ललितपुरको गोदावरीमा हुने महासमितिको बैठक सम्बन्धमा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।









































