Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४२:१४ बिहान
- ADVERTISEMENT -

काठमाडौँमा २ सहित ६ जना मृतावस्थामा फेला

प्रकाशित मिति: २०८० माघ २८, आइतबार

495
Shares

काठमाडौँमा दुई जनासहित विभिन्न स्थानमा गरी ६ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं महानगरपालिका-९ बिजयचोकस्थित सिरहा-धनुषा गेष्ट हाउसमा करिब ४० वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् । 
सिन्धुली घर र सन्दिप लामा नाम टिपाएका पुरूष र ती महिला शुक्रबारदेखि उक्त होटलमा बसेको कोठामा महिलाको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले हाल फरार पुरूषको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ । 

यसैगरी काठमाडौंकै टोखा नगरपालिका-६ धापासीस्थित टहरामा  डेरा गरी बस्ने ओखलढुङगा लिखु गाउँपालिका-३ घर भएका २३ वर्षीय दिपेश खड्का पनि गएराति मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी भक्तपुरको सूर्यबिनायक नगरपालिका-४ शान्भी गर्ल्स होस्टेलमा बस्ने जाजरकोट नलगाड नगरपालिका-४ घर भएकी २८ वर्षीया कौसिला गौतम आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । 
गुल्मीको रूरूक्षेत्र गाउँपालिका-२ ईजरे डाँडा बस्ने ६२ वर्षीय हिम बहादुर कामी पनि सोही गाउँपालिका-२ घड्लङ डाँडामा शनिबार मृत अवस्थामा फेला परेका छन् । बिहीबार दिउँसो घरबाट हिँडि बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

यसैगरी धादिङको गजुरी गाउँपालिका-४ गैरी गाउँ बस्ने ७६ वर्षीय श्रीकृष्ण तामाङ सोही ठाउँस्थित अजेरी भन्ने जंगलमा शनिबार मृत अवस्थामा फेला परेका छन् भने ललितपुरको महालक्ष्मी नगरपालिका-१ ईमाडोलमा पनि एक जनाको मृत्यु भएको छ ।  सो स्थानमा सिन्धुलीको सुनकोशी गाउँपालिका घर भएका ६० वर्षीय नाबुराम तुलामी  शनिबार मृत अवस्थामा फेला परेका हुन् । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -