Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०८:१६ दिउँसो
- ADVERTISEMENT -

सोमबार बेलायतका राज्यमन्त्री नेपाल भ्रमणमा आउने

प्रकाशित मिति: २०८० माघ २६, शुक्रबार

336
Shares

बेलायतका विदेश, राष्ट्रमण्डल र विकास कार्यालयका राज्यमन्त्री एन्ड्रयु मिचेल माघ २९ गतेदेखि नेपाल भ्रमणमा आउने भएका छन् । दुई दिनसम्म हुने नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरुसँग उच्चस्तरीय भेटघाट गर्ने जनाइएको छ । भ्रमणको क्रममा उनले बेलायतद्वारा सञ्चालित विभिन्न परियोजनाको अवलोकन समेत गर्ने बताइएको छ ।

परराष्ट्र मन्त्रालय राज्यमन्त्री मिचेलको भेटघाट लगायतका कार्यक्रमको तयारीमा जुटेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर रायले राज्यमन्त्री मिचेल आउने कुराकानी भइरहेको बताउँदै अहिले सबै कुरा तय भैनसकेको बताए । उनले भने, ‘कति गते आउने कति गते जाने त्यो कुरा पनि अहिले भन्ने अवस्था छैन, तयारी भएपछि मिडियालाई आधिकारिक जानकारी आउँछ ।’

एक साताअघि बेलायतका सेनाध्यक्ष प्याट्रिक स्यान्डर्स नेपाल भ्रमण गरेर फर्केका छन् । बेलायतका सेनाध्यक्ष स्यान्डर्स ३३६ जना नेपाली गोर्खाको अन्तिम छनोट कार्यक्रममा सहभागी हुन नेपाल आएका थिए । सो क्रममा उनले प्रधानमन्त्री प्रचण्ड, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षामन्त्री पूर्णबहादुर खडकासहित अन्य उच्चस्तरीय भेटघाट गरेर फर्केका थिए । उनी फर्केको केही समयपछि राज्यमन्त्री मिचेल आउन लागेका हुन् ।

एक वर्षअघि बेलायतका तत्कालीन विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियनले पनि नेपालको भ्रमणमा गरेकी थिइन् । प्रधानमन्त्री प्रचण्डको नेतत्वमा सरकार गठन भएको दुई महिनापछि राज्यमन्त्री ट्रेभेलियनको भ्रमण भएको थियो । नेपाल–बेलायत सन्धि–१९२३ एकसय वर्ष पुगेको उपलक्ष्यमा बेलायतबाट लगातार उच्चस्तरीय भ्रमणहरु भैरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -