Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१९:४८ बिहान
- ADVERTISEMENT -

भ्रष्टाचारीलाई जनकारबाही गर्ने आजपा अध्यक्ष साहको चेतावनी

प्रकाशित मिति: २०८० माघ २६, शुक्रबार

260
Shares

 आम जनता पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य प्रभु साहले अहिले राज्यको चरित्र भ्रष्ट रहेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माथिल्लो निकायकै संलग्नतामा देशमा भ्रष्टाचार बढेको र जनता माथि उठ्न सक्ने अवस्था नै नरहेको बताएका हुन् । उनले भ्रष्टचारमा संलग्नहरुलाई राज्यले नै चोख्याउने गरेको आरोप लगाए ।

ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिइएको भन्दै उनले आक्रोश व्यक्त गरे । सरकारी जग्गा सानातिना मान्छेले निजी बनाउन नसक्ने, तर राज्यको माथिल्लो निकायले भ्रष्टाचारीलाई संरक्षण गर्ने गर्दा अहिले देशमा भ्रष्टाचार मौलाएको उनको दाबी छ ।

‘देशमा अहिले राज्यको चरित्र भनेकै लुट र भाग । व्यापक लुट छ, जहाँ राज्य छ, त्यहाँ भ्रष्टाचार छ । देशमा भ्रष्टाचार यति बढ्यो कि जनता माथि उठ्ने कुनै सम्भावना नै छैन । अख्तियारले जो गर्न खोजेको छ, उसको क्षमताले भ्याउने अवस्था पनि छैन । राज्यको काम भनेको चोख्याउने काम भइरहेको छ । राज्यकै माथिल्लो निकाय बढी भ्रष्ट भयो । सानातिना मान्छे पर्छन्, मूल मान्छे छुट्छन्,’– उनले भने ।

आफूहरु भ्रष्टाचारीलाई जनकारबाही गर्नुपर्छ भन्ने पक्षमा रहेको बताए । नेता साहले जसरी एउटा चोरलाई जसले देख्यो उसले लखेट्छ, त्यसैगरी भ्रष्टाचारीविरुद्ध पनि जनता हाबी हुने अवस्था बनाइएको खण्डमा भ्रष्टाचार नियन्त्रण हुने उनको भनाइ छ ।

‘हामीले भनेका छौं– अब भ्रष्टाचारीलाई जनकारबाही गर्ने बेला भयो । भ्रष्टाचारीलाई जबसम्म आम जनताकै अगाडि गलत हो, भ्रष्टाचारीलाई हेर्न हुँदैन भन्ने मान्यता स्थापित हुँदैन, जसरी चोरीलाई जसले पायो उसैले लखेट्छ ।’ उनले भने, ‘आम जनतालाई भ्रष्टाचारीमाथि हाबी हुने अवस्था बनाइयो भने नियन्त्रणमा आउँछ ।’ 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -