Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३३:३० बिहान
- ADVERTISEMENT -

धम्क्याएर फिरौती माग्नेहरूः ८ पेजमा पैसावालाको नाम ! प्रचण्ड, ओली, देउवा पनि ‘टार्गेट’ 

प्रकाशित मिति: २०८० माघ २५, बिहीबार

378
Shares

तँलाई मार्न पाँच करोड रुपैयाँको सुपारी आएको छ । त्यति नै पैसा हामीलाई दिएर नमार्ने अफर तैँले राख । यो तेरो परिवारको सुरक्षाका लागि हो भन्ने बुझ् । आइतबारसम्म पैसा तयार हुन पर्‍यो ।’

पोखरा–१६, लामाचौरस्थित सच्चाई केन्द्रका सञ्चालक प्रकाशदीप गैरेलाई गत १८ माघमा यस्तै म्यासेज आयो । हिन्दी भाषामा फोन र म्यासेज आएपछि उनले तत्काल प्रहरीलाई खबर गरेका थिए । प्रहरीले यो घटनामा संलग्न दुई जनालाई बुधबार पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको छ ।

पर्वतको कुश्मा नगरपालिका–२, खुर्कोटका ३६ वर्षीय लक्ष्मण दर्जी र कुश्मा–१४ आर्थर का ४२ वर्षीय दीपकबहादुर क्षेत्री पक्राउ परेका हुन् । यी दुई जनाले पोखरा महानगरपालिका–८ स्थित कोठाबाट यो आपराधिक गतिविधि चलाउन सुरु गरेको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले बताए ।

युट्युबमा भिडियो हेरेर ‘टार्गेट’ तय

सच्चाई सञ्चालक प्रकाश र उनकी श्रीमती सुशीला क्रिस्चियन धर्म मान्नेबीच लोकप्रिय छन् । ‘सच्चाई केन्द्र नेपाल’ नामक उनीहरूको युट्युब च्यानलमा एक लाख ३८ हजार सब्सक्राइबर छन् । धम्की दिनेहरूले उनलाई युट्युबमै देखेका थिए । उनको भिडियो हेरेपछि पैसा दिन सक्ने आकलन लक्ष्मण र दीपकले गरेका थिए । धम्की दिनुअघि उनीहरू प्रकाशको अवस्था बुझ्न र उनको नम्बर लिन लामाचौरस्थित सच्चाई केन्द्र पुगेका थिए ।

१३ माघमा त्यहाँ गएर उनीहरूले दुई घण्टा बिताएर प्रकाशको नम्बर ल्याए । त्यसको पाँच दिनपछि प्रकाशलाई फोन अनि म्यासेज गरे । पाँच करोड रुपैयाँ नदिए प्रकाश र उनको परिवारलाई मारिदिने धम्की उनीहरूले दिएका थिए । 
दुई दिनपछि २० माघमा उनीहरू फेरि सच्चाई केन्द्र गए । दोस्रोपटक सच्चाई केन्द्र जानुको उद्देश्य थियो- हामीले गरेको फोन-म्यासेजको असर कस्तो पर्‍यो ? 

उनीहरू दोस्रोपटक सच्चाई जाँदा प्रहरीले पछ्याइरहेको थियो । तर, प्रहरीले तत्काल पक्राउ नगरी उनीहरूको गतिविधि नियालिरह्यो । लक्ष्मण र दीपक तेस्रोपटक पनि २३ माघमा सच्चाई केन्द्र पुगे । पैसा नआएपछि पुगेका उनीहरूले त्यहाँ आधा घण्टा बिताएका थिए ।

व्यवसायीदेखि नेतासम्म टार्गेट 

उनीहरूको टार्गेट पैसावाला हुन्थे । उनीहरूको साथबाट बरामद भएको डायरीमा ‘बिग मनी, बिग टार्गेट’, किड्न्याप, फिरौती, सुट-आउट, प्रोटेक्सन मनी, रिच किड्स, नेता, व्यापारी, भू-माफिया, औद्योगिक माफिया, मेडिकल माफिया, मेनपावर माफिया, गणतन्त्र, राजतन्त्र, हिन्दु राष्ट्र, धर्म निरपेक्षताजस्ता शब्द लेखिएको छ ।

८ पेजमा चल्तीका नेता, उद्योगपति, व्यवसायीको नाम लेखिएको प्रहरीले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाको नाम पनि त्यो पेजमा उल्लेख छ । ‘दुर्गा प्रसाईं, बालकृष्ण खाँणलगायत ३०-३५ जनाको नाम त्यसमा छ । कतिको छोराछोरीको नाम पनि लेखिएको छ,’ एसपी थापाले भने ।

पक्राउ परेका दुई जना अन्य कुनै गिरोहसँग जोडिए/नजोडिएको विषयमा अब अनुसन्धान हुने उनले बताए ।  पक्राउ परेकाको साथबाट ३ वटा पुस्तक, एउटा नोटबुक, विभिन्न व्यक्तिका नाम लेखिएको ८ वटा पेज, ४ वटा मोबाइल, सिमकार्ड ९ वटा, एउटा खुकुरी, भरुवा बन्दुकमा लाग्ने केप २७ थान, टर्च लाइट, पेन्चिसलगायत भेटिएको छ । 

कतारबाट फर्केलगत्तै योजना 

पक्राउ परेका लक्ष्मण दर्जी कतारबाट एक महिनाअघि मात्र फर्किएको प्रहरी अनुसन्धानमा खुलेको छ । उनी चार वर्ष कतार बसेर आएका थिए । १२ पास गरेका दीपक भने बेरोजगार हुन् । दीपकबहादुर क्षेत्री जिल्ला प्रहरी कार्यालय पर्वतबाट २०७९ सालमा हातहतियार तथा खरखजना मुद्दामा पक्राउ परेर छुटेको देखिएको छ । त्यसबाहेक उनीविरुद्ध २०७१ सालमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट सार्वजनिक मुद्दा खेपेको प्रहरीको रेकर्डमा खुलेको छ ।

उनीहरूको साथबाट आधा केजी गाँजा, बन्दुकमा प्रयोग हुने छर्रा बरामद भएको छ । त्यसैले प्रहरीले पक्राउ परेका दुई जनामाथि लागुऔषध ओसारपोसार, हातहतियार तथा खरखजना र आपराधिक लाभसम्बन्धी कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -