टीयू क्रिकेट मैदानमा नेपाल र क्यानडाबीचको खेल जारी छ । नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ भने क्यानडाले फिल्डिङ गरिरहेको छ ।
जारी खेल हेर्न मैदानमा पुगेका केही युवाहरूले भने सन्दीपको पक्षमा हुटिङ गरेका छन् । त्यस क्रममा खेल मैदानमा उनीहरूले ‘वी वान्ट सन्दीप’ भन्दै नाराबाजीसमेत गरे ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुपरेको थियो । त्यसक्रममा प्रहरीले लाठीचार्जसमेत गरेर भिडलाई तितरबितर बनाएको छ ।
सन्दीप लामिछाने बलात्कार प्रकरणमा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएपछि राष्ट्रिय टिमबाट बाहिर छन् ।
.jpg)
.jpg)
.jpg)
.jpg)








































