Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४५:४९ दिउँसो
- ADVERTISEMENT -

जग्गा हडप्ने, नागरिकता कीर्ते गर्ने र सहकारी ठग्नेमाथि कारबाही हुनुपर्छ : गगन थापा

प्रकाशित मिति: २०८० माघ २४, बुधबार

424
Shares

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले जग्गा हडप्ने, नागरिकता कीर्ते गर्ने र सहकारी ठग्नेमाथि कारबाही हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै थापाले उक्त प्रकरणमा संलग्न जतिसुकै शक्तिशाली भएपनि कानुनी दायरामा आउनुपर्ने बताए ।

बाँसबारी जग्गा प्रकरणलाई लक्षित गर्दै उनले भने, ‘जो सुकै होस् । जति शक्तिशाली होस् । राजनीतिक होस् कि आर्थिक शक्ति होस् । नेपालको सार्वजनिक जग्गा कसैले हडप्छ भने सजाय पाउनु पर्दैन ? दण्ड पाउनु पर्दैन ?’

यस्तै नागरिकता कीर्ते प्रकरणमा मुछिए पनि संसदको महासचिवमा नियुक्त भएका पद्मप्रसाद पाण्डेयले माफी पाउन नहुने महामन्त्री थापाको तर्क छ । ‘जति सुकै शक्तिशाली होस् । जुन सुकै पदमा बसेको हो । हातमा ताकत होस् । कलम होस् । नागरिकता बनाउनलाई कीर्ते गर्छ भने फलानो दलसँग जोडिएको छ । त्यसकारणले गर्दा उसको कीर्ते माफी हुन्छ चल्छ ?’ उनको प्रश्न छ । 

सहकारी ठगीको धन्दाको मतियारलाई पनि कानुनी कारबाहीमा ल्याउनुपर्ने उनले बताए । ‘आम नागरिकहरुले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगीको धन्दा चलाउन छ,’ रास्वपामा सभापति रवि लामिछानेको नाम नलिइ उनले भने, ‘ ठगीको धन्दाको मतियार हुन्छ भने कानुनी कारबाहीको दायरामा आउनु पर्दैन ? कानुनले कारबाही गर्नु पदैन ?’

आजको दिनमा सुशासनको मन्त्र भनेको कानुन र विधिको शासन हुनुपर्ने महामन्त्री थापाले बताए । ‘चाहे जग्गा मिच्ने होस्, चाहे नागरिकताको कीर्ते गर्ने होस् । चाहे सहकारीमा ठग्ने होस् । यताको होस् । उताको होस् । जुन सुकै दलको होस् । कसैले पनि उन्मुक्ति पाउनु हुँदैन । एउटा नेपाली नागरिकले जे गर्दा ढण्ड पाउन । शक्तिशालीलाई पनि त्यही कानुन लागु हुन्छ,’ उनी भन्छन् । सरकारले यो बाटो समत्दै गयो भने बल्ल नागरिकमा विश्वासको वातावरण बन्ने थापाले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -