Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२८:५७ दिउँसो
- ADVERTISEMENT -

अरुण चौधरी आज छुट्दै, दाजुको दौडधूप बढ्यो

प्रकाशित मिति: २०८० माघ २४, बुधबार

222
Shares

बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण कुमार चौधरीमाथि अनुसन्धान गरिरहेको केन्द्रीय हनुसन्धान ब्यूरो (सीआइबी) माथि चर्को दबाव परेको छ । यही दबावका कारण चौधरीसहित तीनैजना बन्दीहरु आज छुट्ने सम्भावना बढेको छ । काठमाडौं जिल्ला अदालतले थपेको थुनामा राख्ने म्याद आज सकिँदैछ ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणको अनुसन्धान तत्कालै सकिने विषय होइन । यसमाथिको अनुसन्धान विगतको भूटानी शरणार्थी एवं सुन प्रकरणजस्तै जटिल अनुसन्धानको विषय हो । तर, जिल्ला अदालत काठमाडौंले सोमबार चौधरीलाई दुई दिनमात्रै हिरासतमा राख्ने अनुमति दियो ।

त्यसो त सोमबार काठमाडौं जिल्ला अदालतमा विगतको् भन्दा केही फरक दृश्य देखिएको जानकारहरु बताउँछन् । अन्य थुनुवाको हकमा अनुसन्धानका लागि कानुनले दिएको २५ दिनको अवधिभित्र प्रहरीले मागेको समय पाउने गरेकोमा अरुण चौधरीको हकमा अदालत निकै नै उदार देखियो ।

सामान्य थुनुवाको हकमा न्यायाधीशले ५ मिनेटमै म्याद थपको आदेश दिने गरेकोमा सोमबार न्यायाधीश यज्ञप्रसाद आचार्यले आफ्नो इजलासमा विपक्षी वकिलको समेत बहस सुनेर साँझसम्म लम्ब्याएका थिए । चौधरीको केसमा अदालतले फरक व्यवहार देखाएको भन्दै सर्वोच्च अदालतमा समेत चर्चा भएको स्रोतले बतायो ।

जिल्ला अदालतको उक्त गतिविभिमाथि व्यंग्य गर्दै बरिष्ठ पत्रकार किशोर श्रेष्ठ सामाजिक सञ्जालमा लेख्छन्, ‘राज्यको सम्पत्ति लुटिएको जस्तो जघन्य अपराधमा अनुसन्धान गर्ने निकायमाथि कानुनी प्रावधान बेगर २ दिनभित्र छाड्नैपर्ने गरी भाका तोक्ने, अख्तियारले अल्छी गर्दा अनुसन्धान गर्न अग्रसर सीआइबी र सरकारी वकिलमाथि मनलाग्दी अंकुश लगाउने तथा सम्वद्ध अरु ब्यक्तिहरुबाट वयान लिन र थप प्रमाण जुटाउन नदिने श्रीमानहरुका यस्तै ‘न्यायिक मन’ रहिरहेसम्म नेपालमा दण्डहीनता मौलाइरहने छ ।’

श्रेष्ठ अगाडि थप्छन्, ‘रिस्क मोलेर ठूला केसको मिसिल तयार पार्न छाडी अनुसन्धानकर्मीहरु अझै कैयौं बर्ष चोरी–पकेटमारी, कुटपिटजस्ता स–साना घटनामै रमाइरहने छन् । वकिलको ताँती लगाउन नसक्ने प्रभाव र पहुँचबिहिन गरिवहरु चाहिँ पुस, माघको जाडोमा हदम्याद (९० दिन) सम्म खोरमै जाकिइरहनेछन् ।’

स्रोतका अनुसार अरुण चौधरी, अजितनारायणसिंह थापा र सञ्जय ठाकुरलाई आज थुनामुक्त गर्ने जिल्ला अदालतको तयारी छ ।

यसैवीच आफ्ना भाइलाई छुटाउन उद्योगपति विनोद चौधरीले बालुवाटारदेखि अदालतसम्म आफ्ना सूत्रहरु परिचालन गरेको बुझिएको छ ।

बालुवाटारमा उनले उपप्रधानमन्त्रीमार्फत दबाव बढाएका छन् भने अदालतमा आफ्नी पत्नीसँगै कलेज पढ्ने न्यायाधीशसँग सम्पर्क गरेर आफूहरुलाई उन्मुक्ति दिलाइदिन अनुनय गरेको बुझिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -