इलाका प्रहरी कार्यालय बनेपाले ७३ बोरा गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । सोमबार बिहान पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा ६ च २९६ नम्बरको डीआई गाडी चेकजाँच गर्ने क्रममा चालकसहित एक महिला र एक पुरुष गरी तीनजनालाई प्रहरीले पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपा प्रमुख डीएसपी लालध्वज सुवेदीले अन्नपूर्णलाई जानकारी दिए ।
प्रहरीले चेक गर्ने क्रममा भाग्न खोजेपछि गाँजाको बोरासहित तीनजनालाई पक्राउ गरिएको डीएसपी सुवेदीले बताए । पनौती रोडको छाला कारखानामा पक्राउ परेका तीनजनामाथि थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनजना , गाँजा र गाडी इलाका प्रहरी कार्यालय बनेपा ल्याउने काम भइरहेको डीएसपी सुवेदीले बताए ।








































