Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४०:४३ दिउँसो
- ADVERTISEMENT -

देशभर हल्का वर्षा, सोमबार साँझदेखि मौसम सफा हुँदै जाने

प्रकाशित मिति: २०८० माघ २१, आइतबार

257
Shares

पश्चिमी वायुको प्रभावका कारण देशभर केही स्थानमा पानी परिरहेको छ । जल तथा मौसमविज्ञान विभागका मौसमविद| सञ्जीव अधिकारीका अनुसार अहिले देशभर हल्का वर्षा भइरहेको छ । सोमबार साँझदेखि मौसम सफा हुँदै जानेछ । देशका पहाडी र तराई क्षेत्रमा आंशिक बदली रही पानी परेको हो ।  

“तराईको लुम्बिनी प्रदेशको केही स्थानमा हुस्सुसहित पानी परेको छ,”उहाँले भन्नुभयो, “आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ ।” गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी भूभागका एक-दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ । 

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको उहाँले बताउनुभयो । 

मौसमविद् अधिकारीका अनुसार आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा सोमबार साँझदेखि मौसम सफा हुँदै जानेछ । देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावनासँगै पहाडी भूभागका एक-दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ । अहिले काठमाडौँ उपत्यकामा पनि पानी छिटपुट पानी परिरहेको उहाँले जानकारी दिनुभयो ।   

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -