Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३०:३३ दिउँसो
- ADVERTISEMENT -

ओलीको आरोप- प्रधानमन्त्री र गठबन्धनले हार्ने देखेपछि स्काउटको अधिवेशन स्थगित गरे

प्रकाशित मिति: २०८० माघ १९, शुक्रबार

371
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्काउटको अधिवेशन रोक्न प्रधानमन्त्रीले हस्तक्षेप गरेकोप्रति आपत्ति जनाएका छन्। पार्टीनिकट बैंकिङ क्षेत्र कर्मचारी संघको महाधिवेशनलाई सम्बोधन गर्दै गठबन्धनले हार्छ भनेर अधिवेशन स्थगित गरेको आरोप लगाए।

उनले भने, ‘स्काउट एउटा स्वतन्त्र संस्था हो। मानका लागि प्रधानमन्त्रीलाई संरक्षक भनिएको छ। त्यसको विधानमा संरक्षकले निर्देशन दिनसक्ने भनेको छ। निर्देशन दिने भनेको भताभुंग पार्ने निर्देशन भनेको होइन। सकारात्मक काम गर्न भनेको हो हस्तक्षेप गर्नुलाई निर्देशन भनिँदैन। विदेशि पाहुना आइसके, सबै ठाउँमा अधिवेशनको तयारी भइसक्यो। गठबन्धनले नजित्ला जस्तो देखियो रे। आजबाट सम्मेलन छ चुनावसुनाव होला सायद, हिसाब गर्दा गठबन्धनले नजित्ने सम्भावना देखियो रे त्यसो भएर सम्मेलन स्थगित गर्नू भनेका छन्। कांग्रेसले लुटेर खाइरहेको छ दादागिरी देखाएर खाइरहेको छ। ’

पहिले पनि स्काउट भंग गर्दा अदालतले कामकाज यथावत् गर्न आदेश दिएको स्मरण गरे। अदालतको आदेश विपरित सरकारले आरोप लगाए।

उनले थपे, मैले आज मात्रै प्रधानमन्त्रीजीलाई सोधे, हारिने भएको साँचै हो? स्काउटमा प्रधानमन्त्रीले, कांग्रेसले कसरी हार्छ मैले बुझिन क्या। स्काउटमा त्यहाँको पो कुरा हुन्छ त। के भन्या हो त्यो ?

आफ्नो प्रश्नमा प्रधानमन्त्रीले मिलाएर जान्छौ भन्न खोजेको जवाफ दिएको बताए। उनले सरकारले स्काउट मात्रै नभएर रेडक्रस पनि चलाउन नदिएको आरोप लगाए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -