Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०८:१२ दिउँसो
- ADVERTISEMENT -

हजुरआमाले कुर्सी नपाएपछि बेहुलाले गरे बिहे रद्द

प्रकाशित मिति: २०८० माघ १८, बिहीबार

204
Shares

। बिहे गर्नका लागि जन्ति लिएर आएका एकजना बेहुलाले एउटा कुर्सीको विवादमा बिहे नै रद्द गरेर हिँड्छन् भन्ने कुरा पत्याउन गाह्रै पर्छ । तर छिमेकी मुलुक भारतको उत्तर प्रदेशमा हालै एउटा यस्तै घटना भएको छ ।

दिल्लीबाट जन्ती लिएर बिहे गर्नका लागि उत्तर प्रदेश आएका ती युवकले आफ्नी हजुरआमालाई बस्नका लागि कुर्सी नदिएको विवादमा बेहुली पक्षसँग झगडा मात्रै गरेनन् ती बेहुलीसँग बिहे नगर्ने घोषणा नै गरे ।

उत्तर प्रदेशको बुलन्दशहरमा सो घटना भएको हो । दिल्लीको सीमापुरीबाट बरात (जन्ती) लिएर आएका बेहुला पक्षलाई बेहुली पक्षले रातको ८ बजेतिर भव्यतापूर्वक स्वागत गरेको थियो ।

बेहुलीका पिता मोद मुबीनका अनुसार गत शनिवार मौलवीले बेहुला र बेहुलीको बीचमा बिहे गराएको केही घण्टापछि नै बेहुलाले आफ्नो बिहे रद्द भएको घोषणा गरेका थिए ।उनका अनुसार बिहेको कार्य सकिएपछि रातको १० बजेतिर सबैजना रमाइरहेका थिए । त्यहाँ एक्कासी एकजना वृद्धासँग एक पाहुनाको झगडा सुरु भयो ।

ती वृद्धा वास्तवमा बेहुलाकी हजुरआमा रहेछिन् । विवादपछि ती वृद्धाले आफुलाई अपमान गरेको महसुस गरिन् र बेहुला अर्थात् आफ्नो नातीसँग गुनासो गरिन् । त्यसपछि त विवाद झनै चर्कियो ।

झैझगडामा बेहुला र उनका दाजुपनि मिसिए र बेहुलीलाई नै ‘घर पुगेपछि पख्लिस्’ भनेर धम्काउन थाले । साथै उनले बिहे नै भंग भएको भन्न थाले ।

प्रत्यक्षदर्शीका अनुसार बेहला पक्षले धम्की दिने र बिहे नै भंग भएको भनेपछि बेहुली पक्ष झनै रिसायो । उनीहरुले बिहे समारोह तथा पार्टीमा भएको खर्च रकम तिर्नुपर्ने भन्दै बेहुला र उनका दाईलाई कोठामा थुने ।

केही घण्टासम्मको विवादपछि बेहुला पक्षले खर्च भएको भनिएको रकम तिर्यो । त्यसपछि मात्र बेहुलालाई त्यहाँबाट छाडियो ।

उता पुलिसले भने यो घटनाका बारेमा हालसम्म कुनैपनि उजुरी प्राप्त नभएको जनाएको छ । उनीहरुले एक आपसमा विवाद मिलाएको हुनसक्ने भन्दै प्रहरीले उजुरी प्राप्त भएको खण्डमा त्यस विषयमा आवश्यक अनुसन्धान गर्ने जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -