Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५७:३५ दिउँसो
- ADVERTISEMENT -

तानसेन-रानीमहल सडक बनाउन थालियो, ४८ दिनसम्म सवारीसाधन नचल्ने

प्रकाशित मिति: २०८० माघ १७, बुधबार

316
Shares

पाल्पा सदरमुकाम तानसेनबाट गण्डकी किनारमा रहेको पर्यटकीयस्थल रानीमहलसम्म जाने बाटोमा ढलाईको काम थालिएको छ।

रानीमहलसम्म जाने बाटो खराब भएको सर्वसाधारणको गुनासोपछि सडक पूर्वाधार विकास कार्यालय तानसेनले ढलाईको काम अघि बढाएको हो। 

ढलाईको काम थालिएपछि तानसेन-रानीमहल सडकअन्तर्गत अवल-रानीमहल सडकखण्ड यही बुधबारदेखि आगामी चैत ५ गतेसम्म ४८ दिनका लागि बन्द गरिएको कार्यालयले जनाएको छ। 

कार्यालयले ४८ दिनका लागि चौबीसै घण्टा सडक बन्द हुने भएकाले वैकल्पिक मार्गका रुपमा तानसेन-अर्गली कमलपोखरी-छेलुङ्ग सडक प्रयोग गर्न पनि भनेको छ। 

पाल्पास्थित संघीय सांसद ठाकुर गैरेले सर्वसाधारणले बाटो खराब भएको गुनासो गरेपछि सरकारी निकायलाई ध्यानाकर्षण गराएपछि काम अघि बढेको बताए। 

‘केही समयअघि मैले रानीमहल जाने क्रममा बैकण्ठे छहराको फोटो पोस्ट गरेपछि धेरैजनाले बाटो खराब भयो, छिटो बनाउन पर्यो भनेर ध्यानाकर्षण गराउनुभएको थियो’, गैरेले भनेका छन्, ‘बाटो बनाउने काम सुरु भएको छ। जसले गर्दा यात्रुलाई केही समय असुविधा हुनेछ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -