साविक राप्ती अञ्चलको सल्यान जिल्ला तरकारी खेतीमा अग्रस्थानमा आएको छ । जिल्लाको कपुरकोट क्षेत्रबाट एकै सिजनमा साढे २६ करोडको ताजा तरकारी बिक्री भएको छ । बेमौसमी तरकारीका लागि प्रसिद्ध जिल्लाको कपुरकोट गाउँपालिकाका विभिन्न क्षेत्रबाट असारदेखि मंसिरसम्मको अवधिमा कृषकले ४८ लाख ५७ हजार दुई सय ४६ किलो ताजा तरकारी तथा फलफूल बिक्री गरेका हुन् । जसबाट २६ करोड ६४ लाख ४९ हजार आठ सय ६१ रुपैयाँ कृषकले हात पारेका छन् ।
पछिल्लो समय सल्यानका कृषकहरु तरकारी खेतीबाट आमदानी गरेसँगै निकै उत्साहित भएका छन् । गएको आर्थिक वर्ष २०७९÷८० को झण्डै छ महिनामा यसक्षेत्रबाट १७ करोड २३ लाख १६ हजार पाँच सय ९० रुपैयाँको ४२ लाख नौ हजार ९२ किलो ताजा तरकारी, फलफूल बन्दागोपी, भेडेखुर्सानी र अदुवा बिक्री भएको थियो । यस वर्ष गत वर्षको तुलनामा तरकारीको उत्पादन बढेको र मुल्य पनि राम्रो पाएको कृषि उपज बजार सञ्चालक समिति कपुरकोटले जनाएको छ । जिल्लाकै सबैभन्दा ठूलो कपुरकोटको तरकारी बजार असारदेखि मंसिरसम्म लाग्छ । कृषकले उत्पादन गरेका टमाटर, काउली, सिमी, फर्सी, आलुलगायतका बेमौसमी तरकारीले यसपटक राम्रो बजार मुल्य पाएको कृषि उपज बजार सञ्चालक समिति कपुरकोटका अध्यक्ष तिलक शर्माले जानकारी दिनुभयो । कपुरकोट क्षेत्रबाट सबैभन्दा धेरै टमाटर बिक्री भएको छ ।
कपुरकोटमा तरकारीबाट भित्रियो साढे २६ करोड
प्रकाशित मिति: २०८० माघ १६, मंगलबार
204
Shares

- ADVERTISEMENT -

सम्बंधित समचार
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

जापानका नेपाली व्यवसायी दीपक सुवेदीद्वारा बाढीपीडितलाई ३६ लाख येन सहयोग ।

बाढी–पहिरो पीडितका लागि नेपाली जनसम्पर्क समिति जापानद्वारा १० लाख रुपैयाँ सहयोग

चण्डिका अंगाईको प्रस्तुति नयाँ तीज गीत PR वाला मायालु सार्वजनिक

रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो साता, मानसरोवर जाने कार्यक्रम तय

बलेवा सेवा समाज जापानद्वारा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम आयोजना
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.98
148.58

European Euro
1
162.41
163.07

UK Pound Sterling
1
193.96
194.75

Swiss Franc
1
175.88
176.60

Australian Dollar
1
98.55
98.95

Canadian Dollar
1
103.33
103.75

Singapore Dollar
1
114.77
115.24

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
22.16
22.25

Saudi Arabian Riyal
1
39.44
39.60

Qatari Riyal
1
40.61
40.78

Thai Baht
1
4.36
4.38

UAE Dirham
1
40.29
40.45

Malaysian Ringgit
1
35.98
36.13

South Korean Won
100
11.06
11.11

Swedish Kroner
1
14.51
14.57

Danish Kroner
1
21.73
21.82

Hong Kong Dollar
1
18.88
18.96

Kuwaity Dinar
1
478.90
480.84

Bahrain Dinar
1
392.29
393.88

Omani Rial
1
384.36
385.92









