Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५३:३६ दिउँसो
- ADVERTISEMENT -

जनप्रतिनिधिको सुझाव समेटेर नीति तथा कार्यक्रम बनाउदै सरकार, बैशाख २० मा संसदमा पेश गर्ने

प्रकाशित मिति: २०७६ वैशाख १२, बिहीबार

751
Shares

काठमाडौं, वैशाख १२

सरकारले आर्थिक वर्ष २०७६\०७७ को नीति तथा कार्यक्रम वैशाख २० गते संघीय संसद्मा पेस गर्ने भएको छ । सरकारले नीति तथा कार्यक्रम पेस गर्नेबारे आवश्यक तयारीका लागि संघीय संसद् सचिवालयलाई सूचित गरिसकेको छ । सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा पेस हुनेछ ।

संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट नीति तथा कार्यक्रम पेस गर्नुहुनेछ । सामान्यतयाः प्रिबजेट छलफलपछि सरकारको नीति तथा कार्यक्रम ल्याउने संसदीय अभ्यास भए पनि योपटक नीति तथा कार्यक्रम पहिले ल्याउन लागिएको हो । नीति तथा कार्यक्रम पेस गर्नुअघि सरकारका तर्फबाट अर्थमन्त्रीले कर बाहेक विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गर्ने प्रचलन छ ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले नीति तथा कार्यक्रम वैशाख २० गतेका लागि तय भएको जानकारी दिनुभयो । फुयाँलले भन्नुभयो ‘नीति तथा कार्यक्रमको तयारीका लागि औपचारिक रुपमा जानकारी आएको छ । वैशाख २० मा संघीय संसद्मा नीति कार्यक्रम पेस हुन्छ ।’ नीति तथा कार्यक्रम पारितसँगै प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडिया र भियतनाम भ्रमणका जाँदै हुनुहुन्छ । वैशाख २६ बाट प्रधानमन्त्रीको भ्रमण हुने भनिए पनि औपचारिक रुपमा मिति सार्वजनिक भएको छैन ।

सरकारले नीति तथा कार्यक्रममा बजेटका प्राथमिकता र सिद्धान्तसमेत पेस गर्नेछ । नीति तथा कार्यक्रममा आधारित भए वार्षिक बजेट पेस गर्ने प्रचलन छ । नीति तथा कार्यक्रम भने जनप्रतिनिधिले पेस गरेका सुझाव समेत आधारमा तयार गरिन्छ । प्रिबजेट छलफलका क्रममा जनप्रतिनिधिले बजेटका सिद्धान्त र कार्यक्रमबारे सुझाव दिने प्रचलन छ । सोही सुझावसमेत समेटेर नीति कार्यक्रम ल्याउने यसअघिको प्रचलन छ ।

यसअघि २०७४\०७५ मा पनि प्रिबजेट छलफल बिना नै नीति तथा कार्यक्रम संसद्मा पेस गरिएको थियो । स्थानीय तहहरुको पुनर्संरचनाको विषयलाई लिएर तत्कालीन प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर सदन अवरोध गरेपछि प्रिबजेट छलफल हुन सकेको थिएन । उक्त वर्ष प्रिबजेट छलफल बिना नै नीति तथा कार्यक्रम ल्याइएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -