२०७३ सालको भदौमा पहिलोपल्ट नेपाल विद्युत प्राधिकरणमा प्रबन्ध निर्देशकको रूपमा नियुक्ति लिएका कुलमान घिसिङले ४ वर्ष कार्यकाल पूरा गरेपछि प्राधिकरणबाट बिदा हुँदा नेपालमा अब लोडसेडिङ इतिहास भइसकेको र कसैले चाहेर पनि लोडसेडिङ नफर्किने दाबी गरेका थिए ।
त्यतिबेला उनको प्रसिद्धि यति थियो कि उनलाई पुनः नियुक्ति गर्नुपर्ने मागसहित आन्दोलन नै भयो । त्यही प्रसिद्धिको बलमा तत्कालीन शेरबहादुर देउवा सरकारले २०७८ को साउनमा उनलाई सोही पदमा नियुक्त गरिदियो ।
तर, उनको दोस्रो कार्यकालको तेस्रो वर्ष चलिरहँदा उनकै भाषामा ‘इतिहास भइसकेको’ लोडसेडिङले जनता र उद्योगी/व्यवसायी आतंकित बन्न थालेका छन् ।








































