काठमाडौं- राष्ट्रियसभा सदस्यका लागि कोशी प्रदेशमा मतदान सुरु भएको छ।
केहीबेर अगाडि कोशी प्रदेशमा मतदान सुरु भएको हाे।
प्रदेशका मुख्यमन्त्री केदार कार्की, पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई र हिक्मतकुमार कार्कीलगायतले मतदान गरिसकेका छन्।
सत्ता गठबन्धनबाट कोशी प्रदेशको अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ नेकपा (माओवादी केन्द्र) की चम्पा कार्की उम्मेदवार छन्।
सिटौलाबिरुद्ध राप्रपाका उद्धव पौडेल र कार्कीसँग एमालेकी रुक्मिणी कोइराला प्रतिष्पर्धामा छन्।
कोशी प्रदेशमा प्रदेश र स्थानीय तहमा गरी एमालेको मतभार ४ हजार २४८, कांग्रेसको ३ हजार ६८४, माओवादी केन्द्रको १ हजार २७८, राप्रपाको ३९४, नेकपा एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ।
कोशीमा राप्रपा र एमाले मिलेपछि गठबन्धनसँगको मतभार अन्तर ७९४ मा झरेको छ। सत्ता गठबन्धनसँग ५४३६ मतभार छ। एमाले र राप्रपाको मतभार ४ हजार ६४२ छ।








































