Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१७:०० दिउँसो
- ADVERTISEMENT -

राष्ट्रियसभाका १९ सिटका लागि मतदान जारी, आजै परिणाम आउने

प्रकाशित मिति: २०८० माघ ११, बिहीबार

295
Shares

काठमाडौँ– राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने २० मध्ये १९ पदका लागि मतदान भइरहेको छ । सातै प्रदेशमा तोकिएका मतदान केन्द्रमा आज बिहान ९ बजेबाट मतदान सुरु भएको हो । निर्वाचन आयोगका अनुसार मतदान कार्यक्रम दिउँसो ३ बजेसम्म जारी रहनेछ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा विभिन्न ८ दलका ५१ उम्मेदवार चुनावी मैदानमा छन् । चुनावमा सत्ता गठबन्धन र एमाले–राप्रपा गठबन्धनबीच प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रियसभा निर्वाचनका लागि सबै प्रदेशमा गरी २ हजार ४७ मतदाता रहेका छन् । जसमा प्रदेश सांसद र गाउँ/नगरका प्रमुख र उपप्रमुख रहेका छन् ।

निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।

राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि आगामी फागुन २० गते समाप्त हुँदैछ । राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।

राष्ट्रियसभा सदस्य  पदका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतभार १९ रहेको छ ।

निर्वाचन आयोगले आजै बेलुकासम्ममा मतपरिणाम घोषणा भैसक्ने जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -