Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२६:०३ बिहान
- ADVERTISEMENT -

मोरङमा हिउँ चितुवा भेटिएकोप्रति संरक्षणकर्मीको चिन्ता,

प्रकाशित मिति: २०८० माघ १०, बुधबार

357
Shares

                         काठमाण्डौ – हिजो मोरङको उर्लाबारीमा हिउँ चितुवा फेला परेको घटनाप्रति संरक्षण अभियन्ताहरूले चिन्ता व्यक्त गरेका छन् । ४ हजार मिटरभन्दा बढी उचाइमा विचरण गर्ने हिउँ चितुवा १ सय ५० मिटरको उचाइमा भेटिनु चिन्ताको विषय भएको हिउँ चितुवाबारे लामो समय अनुसन्धान गरेका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक करन शाहले बताउनुभयो ।

उहाँका अनुसार खाना खोज्दै वा अरू कारणले हिउँ चितुवा मोरङको उर्लाबारीमा आइपुग्न असम्भवजस्तै छ । त्यसैले यो चोरी सिकारी वा कुनै किसिमबाट मानिसले ल्याएको हुन सक्ने उहाँको अनुमान छ । चोर सिकारीले जिउँदै हिउँ चितुवा समातेर अन्यत्र लैजाने घटना यसअघि नदेखिएकोले यो घटनाबाट शङ्का बढेकोले अनुसन्धान गर्नुपर्ने प्राध्यापक शाहले बताउनुभयो ।

हिजो बाँसघारीमा लुकेको अवस्थामा स्थानीयले देखेर खबर गरेपछि राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले हिउँ चितुवालाई बेहोस पारी नियन्त्रणमा लिएको थियो । समातिएको हिउँ चितुवाको पुच्छर लामो नभएको, शरीरमा हुनुपर्ने जति रौँ विकसित भएको नदेखिएको जस्ता कारण यो हिउँ चितुवा बच्चैमा कसैले समातेर पालेको र अहिले भागेको हुन सक्ने शाहको अनुमान छ । हुनै नसक्ने घटना देखिएकोले हिउँ चितुवा भेटियो भनेर खुशी नभई कसले किन ल्यायो भन्नेतर्फ अनुसन्धान हुनुपर्ने संरक्षणकर्मीको जोड छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -