Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३२:०२ बिहान
- ADVERTISEMENT -

अमेरिकामा २३ वर्षे युवकले व्यक्तिगत रिसइबी साँध्न गरे आठ जनाको हत्या

प्रकाशित मिति: २०८० माघ ९, मंगलबार

210
Shares

अमेरिकामा यसै हप्ताको आइतबार एक व्यक्तिले व्यक्तिगत रिसइबी साँध्न आठ जनाको हत्या गरेका छन् । अमेरिकाको इलिनोई राज्यको जोलिएटमा दुईवटा घरमा प्रवेश गर्दै बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।
उनले नजिकै रहेका दुई घरमा पालैपालो बन्दुकसहित प्रवेश गर्दै अन्धाधुन्ध गोली चलाएका थिए । आइतबार एक जनाको र सोमबार अन्य ७ जनाको शव जोलिएटमा फेला परेको थियो ।
अमेरिकी प्रहरीका अनुसार २३ वर्षीय रोमियो नान्स यस बन्दुक हिंसामा संलग्न थिए । हाल उनको पनि मृत्यु भएको छ । प्रहरीसँगको मुठभेड भइरहँदा उनले आफैँमाथि गोली चलाएको र आत्महत्या गरेको बताइएको छ । उनी भागेर टेक्सास पुगिसकेका थिए ।
टेक्सासमै उनको प्रहरीसँग गोली हानाहान भएको थियो ।
अमेरिकामा दोहोरिँदै बन्दुक हिंसा भइरहन्छ । सहजै बन्दुक खरिद गर्न पाउने भएकाले पनि त्यहाँ मानिसहरू व्यक्तिगत रिसइबी साँध्न, लुटपाट गर्न बन्दुककै प्रयोग गर्छन् ।
अमेरिकामा बन्दुक हिंसाबाट बर्सेनि ४० हजार मानिसले ज्यान गुमाइरहेका छन् ।
गतवर्ष सन् २०२३ मा मात्र अमेरिकामा बन्दुक हिंसामा परेर ४३ हजार २० जनाले ज्यान गुमाएको गन भायोलेन्स आर्काइभले जनाएको छ । यस तथ्यांकमा घरमै राखिएको बन्दुकले आत्महत्या गरेको घटना पनि समावेश छ ।
यस्तै, सन् २०२४ को पहिलो महिनाको २३ दिन बित्दै गर्दा पनि अमेरिकामा बन्दुककै कारण २४ सय २९ जनाले ज्यान गुमाइसके । यसको अर्थ बन्दुक हिंसामा अमेरिकामा हरेक दिन १०५ जनाले ज्यान गुमाइरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -