काठमाडौं- न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आज माघ ९ गते मंगलवारदेखि पार्किङ गर्न निषेध गरिएको छ ।
महानगरपालिकाले आजदेखि सडकमा पार्किङ गर्ने अभ्यासमा रोक लगाएसँगै न्यूरोड क्षेत्रका व्यवसायीहरू सडकमा निस्कीएका छन् । महानगरपालिकाको उक्त निर्णय विरद्ध अहिले
त्यहाँका व्यवसायीहरू सटर बन्द गरेर विरोधमा उत्रिएका हुन् ।
पार्किङ गर्न नदिएपछि ग्राहक नआउने भन्दै व्यवसायीले विरोध जनाएका हुन् ।
त्यसअघि धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, प्युखा, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा सवारी पार्किङ हुने गरेको थियो ।
पार्किङ निषेध गरिएका स्थानहरुमा ‘नो पार्किङ’ का संकेत चिन्ह राखिएका छन् ।
यसैगरी नगर प्रहरी खटाएर पार्किङ गर्न आउनेलाई आजदेखि कालोपत्रे सडकमा पार्किङ गर्न नपाइने जानकारी गराइरहेका छन् ।
पार्किङ निषेध गरिएको ठाउँमा आज बिहानैदेखि सरसफाइ गरिएको ।
महानगर प्रहरी बल र वातावरण व्यवस्थापन विभागबाट साधन, उपकरण तथा जनशक्ति परिचालन गरेर सरसफाइ गरिएको छ ।








































