Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५८:३७ दिउँसो
- ADVERTISEMENT -

एक करोड ८० लाख लिएको प्रमाण सार्वजनिक भएपछि रवि पुगे ग्लोबल बैंकको कार्यालय

प्रकाशित मिति: २०८० माघ ८, सोमबार

356
Shares

काठमाडौं । ग्यालेक्सी टेलिभिजनबाट निस्कँदा एक करोड ८० लाख रुपैयाँ भुक्तानी लिएको प्रमाण सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ग्लोबल आईएमई बैंकको पानीपोखरी शाखा गएका छन् ।

कान्तिपुर दैनिकले ग्लोबल आईएमई बैंकको स्लिपसहित समाचार छापेपछि रवि बैंक स्टेटमेन्ट लिन पुगेका हुन् । ‘‘पत्रकार सम्मेलन गर्न ढिला भयो भन्दै उनले आफूले गरेको सबै कारोबारको स्टेटमेन्ट मागे । अनि लिएर गए’’ बैंकका एक कर्मचारीले भने ।

ग्यालेक्सी टेलिभिजन सञ्चालक संस्था गोर्खा मिडियाका शेयर होल्डर हुँदा सहकारीको रकम अपचलनमा जोडिएका उनी निकै हतार मुद्रामा बैंकमा देखिए । उनको साथमा पूर्वडीआइजी छविलाल जोशी पनि थिए । उनको गोर्खा मिडियामा ३५ प्रतिशत शेयर थियो ।

रविले आफू संलग्न नरहेको दाबी गर्दै आएका थिए । सेयर किनबेचबापतको आर्थिक कारोबारै सार्वजनिक भएपछि रवि ग्लोबल आइएमइ बैंकको पानीपोखरी शाखामा गएका हुन् ।

ग्यालेक्सीको १५ प्रतिशत सेयर लिन सुप्रिम सहकारीबाट रकम लिएर गोर्खा मिडियाको खातामा राखेको र टेलिभिजन छाड्दा गोर्खा मिडियाबाट रविको खातामा एक करोड ८० लाख भुक्तानी लिएको कान्तिपुर दैनिकले प्रमाण सार्वजनिक गरेको छ ।

रवि राजनीतिमा आएपछि पनि सहकारी ठगीका मूख्य नाइके तथा गोर्खा मिडियाका अध्यक्ष जीवी राई र अर्का सञ्चालक जोशीसँग नजिक थिए । उनी उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएपछि जीवी अर्का कुमार रम्तेलसहित शुभकामना दिन गएका थिए । छविलालले पनि मन्त्रालयमै पुगेर रविलाई शुभकामना दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -