Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०१:१३ दिउँसो
- ADVERTISEMENT -

यू-१९ विश्वकप क्रिकेट: न्युजिल्याण्डका २ खेलाडीको अर्धशतक,खेलमा फर्किन संघर्ष गर्दै नेपाल

प्रकाशित मिति: २०८० माघ ७, आइतबार

209
Shares

काठमाडौं,७ माघ । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत नेपालविरुद्ध ब्याटिङ गरिरहेको न्युजिल्याण्डले राम्रो प्रदर्शन गरिरहेको छ ।

टस जिेतर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ३५ ओभरमा मात्र ३ विकेट गुमाएर १६७ रन जोडिसकेको छ । न्युजिल्याण्डका लागि कप्तान ओस्कार ज्याक्सन र स्नेथी रेडीले अर्धशतक बनाएका छन् । ५७ बलको सामना गरेका कप्तान ज्याक्सन ४ छक्का र १ चौकासहित ५० रनमा खेलिरहँदा सेठीले ७९ बलमा ५चौकासहित ६० रन बनाएर खेलिरहेका छन् यी दुईबीच चौथो विकेटका लागि शतकीय साझेदारी भईसकेको छ ।

टस हारेर सुरुआतमा फिल्डिङ गर्दै पावर प्ले सम्म विकेटविहीन रहेको नेपालले ११ औं ओभरमा पहिलो सफलता पाएको थियो । नेपालका सुवास भण्डारीले न्युजिल्यान्डका ल्युक वाट्सनलाई बोल्ड गर्दै पहिलो सफलता दिलाएका थिए । वाट्सन २५ बलमा १४ रन बनाएर आउट भएका थिए ।

नेपालले दोस्रो सफलता १४ औं ओभरमा पायो । नेपालका स्पीनर तिलक भण्डारीले न्युजिल्यान्डका ओपनर टम जोन्सलाई बोल्ड गरेका छन् । उनी ४५ बलमा ३३ रन बनाएर आउट भए । न्युजिल्यान्डका दुवै ओपनर आउट भएका छन् । १५ औँ ओभरमा नेपालका स्पीनर दीपेश कँडेलले नेपाललाई तेस्रो सफलता दिलाएका छन् । उनले ओलिभर टेवतियालाई शून्य रनमा विकेटकिपरबाट क्याच आउट गराएका हुन् ।

समूह डी मा रहेको नेपालले जारी प्रतियोगितामा आज पहिलो खेल खेल्दैछ । यू १९ विश्वकपमा हालसम्म नेपाल र न्युजिल्यान्डबीच दुई खेल भएका छन् । जसमा नेपाल विजयी हुँदै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -