Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०२:०६ दिउँसो
- ADVERTISEMENT -

अमेरिकी चन्द्रमा अभियान नष्ट अवतरण गर्ने प्रयास असफल भएपछि

प्रकाशित मिति: २०८० माघ ५, शुक्रबार

411
Shares

वासिङ्टन । गत हप्ता चन्द्रमामा अवतरणको उद्देश्यसहित प्रक्षेपण गरिएको एक अमेरिकी अन्तरिक्ष यान नष्ट गरेपछि प्रशान्त महासागरमा खसेको छ । पेरेग्रिन वानको प्रोपल्सनमा समस्या देखिएपछि उक्त यानको चन्द्रमामा अवतरण गर्ने सम्भावना समाप्त भएको थियो ।

योसँगै यानलाई आफै नष्ट गर्ने कमान्ड दिइएको थियो । निजी सञ्चालक पिट्सबर्गको एस्ट्रोबोटिकले यानलाई पृथ्वीको वायुमण्डलमा प्रवेश गराउँदै नष्ट गराएको थियो ।

अस्ट्रेलियाको क्यानबेरामा रहेको ट्रयाकिङ  स्टेसनले ग्रिनविच मिनटाइम अनुसार राति ८ बजेर ५९ मिनेटमा पेरेग्रिन यानसँग सम्पर्कविच्छेद भएको जनाएको छ ।

पेरेग्रिन पूर्णरुपमा ध्वस्त भएको र महासागरमा यसको अवशेष फेला पार्न नसकिने अपेक्षा गरिएको छ ।

चन्द्रमाको स्थानीय वातावरणको अध्ययनका लागि त्यहाँ नासाको पाँचवटा उपकरण पुर्‍याउने यानको लक्ष्य रहेको थियो ।

यदि पेरेग्रिन यान सफलतापूर्वक अवतरण भएको भए पछिल्लो ५० वर्षमा चन्द्रमामा पुग्ने पहिलो अमेरिकी यान र अहिलेसम्मकै पहिलो निजी यान हुने थियो ।

हालसम्म अमेरिका, सोभियत संघ, चीन र भारतका सरकारी एजेन्सीले चन्द्रमामा सफलतापूर्वक आफ्नो मिसन पूरा गर्न सफल भएका छन् ।

चन्द्रमाको सतहमा अन्तरिक्ष यानलाई अवतरण गराउने काम निकै कठिन मानिन्छ । अहिलेसम्म गरिएका सबै प्रयासमध्ये आधामात्र सफल भएका छन् ।
बीबीसी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -