Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:३९:०४ बिहान
- ADVERTISEMENT -

गठबन्धनको गोत्र निकम्मा, जात देशद्रोही : केपी ओली

प्रकाशित मिति: २०८० माघ ४, बिहीबार

235
Shares
filephoto

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनको गोत्र निकम्मा र जात देशद्रोही भएको आरोप लगाएका छन् । 

बिहीबार पार्टी कार्यालय च्यासलमा एमाले निकट खेलकुद महासङ्घको बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले गठबन्धनमा रहेका दल र नेताहरूको घाटी मात्रै नभएर सिङ्गै शरीर पनि जोडिएको बताए । 

‘यी एकै नस्लका हुन् । कमिसन तन्त्रका हुन् । यिनको गोत्र निकम्मा र जात देशद्रोही हो’, अध्यक्ष ओलीले भने, ‘त्यसकारण यी एकै ठाउँमा बस्छन् । त्यसकारण हामीले जनताका बलमा आन्दोलनमा उत्रनुपर्ने   र देश बरबाद हुनबाट जोगाउनुपर्ने पनि हुनसक्छ ।’

अध्यक्ष ओलीले अहिले देश सबै क्षेत्रमा अप्ठेरो अवस्थामा रहेको भन्दै एमालेले वर्ग संघर्ष गरिरहेको बताए । ‘यसमा हामीले गर्व गर्नसक्नुपर्छ । किनभने हाम्रा विरोधीहरु एक्लै लड्ने भिड्ने आँट नै गर्दैनन् ।

हामीमात्रै एक्लै लड्छौ र लड्ने पनि’, अध्यक्ष ओलीले भने, ‘तर विरोधीहरुले स–साना जोडेर सरकार बनाएका छन् । त्यो कस्तो सरकार भने तरकारी बारीको बुख्याँचा जस्तो छ । केही गर्ने होइन त्यसले ।’

उनले अहिले गठबन्धनका टाउकोमा सुगा पनि बस्ने र काग पनि बस्ने भन्दै सबैले गठबन्धनलाई चिनिसकेको बताए ।  ‘सरकार निकम्मा । भ्रष्टाचार र कमिसनखोरी सरकारको संरक्षक ।

यस स्थितिमा हामीले मिसन ८४ पर्खन नसक्ने अवस्था पनि आउन सक्छ’, अध्यक्ष ओलीले भने, ‘देश बर्वाद हुन लाग्यो भने हामीले कहाँ मिसन ८४ को चुनाव भनेर पर्खेर हुन्छ ? उस्तै पर्यो भने हामीले यो गठबन्धन भत्त्काएर..।’ 

उनले लोभीपापीहरुको गठबन्धन सहजै नभत्कने भएकाले देश जोगाउन पार्टीले सिठ्ठी बजाउनेवित्तिकै कार्यकर्ताहरु आन्दोलनका लागि तयार रहनुपर्ने बताए ।

‘यो गठबन्धन देशका लागि अत्यन्तै हानिकारक छ, राष्ट्रियतालाई कमजोर बनाइसक्यो, देशका स्रोतहरू बेचिसक्यो । हाम्रो स्वाधीनता र स्वाभिमानलाई धुजा धुजा बनाइसक्यो । त्यसकारण समय घर्किनुभन्दा अघि हामी तयार रहनुपर्छ’, ओलीको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -