Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१०:३८ दिउँसो
- ADVERTISEMENT -

विदेशीहरू छक्क पर्छन् नेपालका दलहरूको मेलमिलाप देखेर सभापति देउवा

प्रकाशित मिति: २०८० पुस १६, सोमबार

220
Shares

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका राजनीतिक दलहरूबीच चुनावमा कडा प्रतिस्पर्धा भएपनि आपसी मेलमिलाप र भाइचाराको सम्बन्ध उदाहरणीय रहेको बताएका छन् । उनले नेपालका दलहरूबीचको सम्बन्ध देखेर विदेशीहरू छक्क पर्ने गरेको सुनाए ।
सोमबार राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा काठमाडौंमा भएको कार्यक्रममा सभापति देउवाले बीपी कोइरालाले लिएको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।
‘बीपी कोइराला सानो देशको ठूलो मानिस हो । धेरै ठूलो आँट र हिम्मत गर्न सक्ने नेता हो । उहाँ राजनीतिमा मात्रै होइन, अरू धेरै कुरामा उहाँ विशिष्ट प्रतिभा भएको व्यक्ति हो,’ देउवाले बीपीका बारेमा भने, ‘उहाँ ज्यानै जाने वातावरण हुँदा पनि मार्ने भए पनि ठीकै छ भनेर मेलमिलापको नीति लिएर देश फर्किएको व्यक्ति हो, त्यहीकारण हामीलाई यो उच्चसम्मान र श्रद्धाले सम्झिन्छौँ । अहिले पनि हामीभित्र मेलमिलापको भावना कायम छ ।’

उनले दलहरूले वैचारिक र राजनीतिक रूपमा मतभेद र प्रतिस्पर्धा गरे पनि राष्ट्रियता, विकास र आर्थिक समृद्धिका विषयहरूमा भने एकतावद्द हुने अभ्यास गर्नुपर्ने बताए । ‘हाम्रा आफ्ना मतभेदहरू, पार्टीका वैचारिक मतभेदहरू र पार्टीगत मतभेदहरू आफ्नो ठाउँमा छन् । राम्रो कुरा के छ भने सबै पार्टीहरू एकै ठाउँमा बस्ने परम्परा बनेको छ । यस्तो देख्दा मान्छेहरू छक्क पर्छन् । विदेशीहरू पनि छक्क पर्छन्,’ देउवाले अघि भने, ‘प्रतिस्पर्धाका बाबजुद एकअर्काप्रति हाम्रो सद्भाव र मेलमिलाप पनि छ । बोलीचालीको बातावरण, भाइचाराको वातावरण जो छ, यस्तो धेरै कम देशहरूमा मात्रै छ ।’ उनले गणतन्त्रको विकल्प गणतन्त्रमात्रै हुने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -