Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३३:३७ दिउँसो
- ADVERTISEMENT -

रविलाई गृहमन्त्रीको जवाफ : पहिला गरेको गल्तीमा छुट पाएपनि अब छुट हुन्न् 

प्रकाशित मिति: २०८० पुस १६, सोमबार

255
Shares

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबिच सवाल–जवाफ भएको छ । सोमबार सिंहदरबारमा बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनीहरुबिच चर्को सवाल-जवाफ भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानले गृहमन्त्री श्रेष्ठमाथि विषय बाहिर गएर प्रश्न उठाएका थिए । बालकुमारी घटनाबारे छलफल गर्न बोलाइएको बैठकमा सुन तस्करी प्रकरणको प्रसंग उठाएर लामिछाने गृहमन्त्री श्रेष्ठमाथि खनिएका थिए । सुन तस्करीमा संलग्नहरुको प्रमाण दिँदा पनि गृहमन्त्री श्रेष्ठ जोगाउन लागि परेको लामिछानेको आरोप थियो ।

गृहमन्त्री श्रेष्ठले उक्त आरोप प्रमाणित गर्न लामिछानेलाई चुनौती दिए । साथै प्रतिशोधको प्रश्नमा पनि गृहमन्त्री श्रेष्ठले लामिछानेलाई जवाफ दिएका छन् । ‘म धेरै त भन्दिनँ । रियाक्टिभ हुने बानी पनि छैन,’ श्रेष्ठले भने, ‘तर प्रिएक्टिभ अभिव्यक्ति हो भनेर सोच्यो भने के हुन्छ यो ?

सहकारी ठगी प्रकरणमा आफूमाथि छानबिन गर्न गृहमन्त्रीले श्रेष्ठले निर्देशन दिएपछि लामिछाने आक्रोशित देखिन्छन् । सहकारी ठगी प्रकरणमा आफू फस्ने डरले लामिछानेले पहिले नै प्रक्रिया जनाएको गृहमन्त्री श्रेष्ठको आशय थियो । ‘मलाई कुनै कुरा पर्छ कि क्या हो ? त्योभन्दा अगाडि नै केही कुरा भनिदिहालौं । मलाई यसकारण गरेको हो भनिदिहालौं भन्ने पो लाग्छ कि मान्छेहरुलाई,’ उनले अघि भने ।

राहदानी प्रकरणमा लामिछानेलाई सरकारले क्लिन चिट देखिएकोप्रति संकेत गर्दै श्रेष्ठले भने, ‘आफूले पहिला गरेको गल्तीमा कुनै कारणले छुट पायो भन्दैमा पछाडि पनि त्यस्तै हुन्छ भनेर कल्पना गर्नुभएन । त्यस्तो त हुन्न ।’

प्रतिशोध शून्य राखेर दोष छ भने सबैलाई कानुनको दायरामा ल्याइने गृहमन्त्री श्रेष्ठको भनाइ थियो । साथै उनले कसैलाई कुनै कुरा अभिव्यक्त गरेकै कारण, कुनै कुरा उठाएकै कारण सरकारले कुनै प्रकारको व्यवहार आकर्षित नगर्ने र स्वतन्त्रताको सम्मान गर्ने बताए ।

गृहमन्त्री श्रेष्ठले भने– ‘केही गर्ला कि भनेर पहिल्यै खुट्टा उचालेपछि म भाग्न पाइन्छ कि भन्ने हुन्न । खुट्टा उचाले पनि समाइन्छ । त्यसो गरे त हुँदैन नि ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -