काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले गुरुङ समुदायको महत्वपूर्ण तमु ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको बताएका छन् । तमु ल्होसार(०८० को सन्दर्भमा आइतबार काडमाडौंको खुल्लामञ्चमा आयोजित महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ल्होसार पर्वलाई पृथ्वीको वार्षिक गतिसँग सम्बन्धित वैज्ञानिक पर्वको संज्ञा दिए ।
प्रधानमन्त्री दाहालले नेपालमा गुरुङ समुदायले २०४६ सालमा बहुदलीय व्यवस्था स्थापनापछि ल्होसारलाई अधिकार प्राप्तिको आन्दोलनसँग जोडेर मनाउन थालेको बताए । उनले नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात् गरेको बताए ।
नेपालमा गुरुङ समुदायले २०४६ सालमा बहुदलीय व्यवस्था स्थापनापछि ल्होसारलाई कहीँ न कहीँ अधिकार प्राप्तिको आन्दोलनसँग जोडेर मनाउन थालेको पाइन्छ । प्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निम्ता गरेर सामूहिक ल्होसार मनाउनुको पछाडि पनि यही उद्देश्य सन्निहित छ,ु प्रधानमन्त्री दाहालले भने ।








































