Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३१:३३ बिहान
- ADVERTISEMENT -

गाउँपालिका अध्यक्षले अन्धाधुन्ध गाडी चलाउँदा चार जना घाइते, अध्यक्ष प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति: २०८० पुस ११, बुधबार

280
Shares

नुवाकोटको व्यस्त ढुंगेबजारमा एक गाउंपालिकाका अध्यक्षले चलाएको गाडी दुर्घटनामा परेको छ । व्यस्त सडकमा गाउंपालिकाको सेतो नम्वर प्लेटको गाडीले अन्धाधुन्ध मानिस तथा गाडीलाई ठक्कर दिंदै दुर्घटनामा परेको हो ।

पासाङल्हामु मार्गअन्तर्गत विदुर–ढुंगे सडकखण्डमा रहेको विदुर नगरपालिका-१ ढुंगेवजारमा मंगलवार बा२झ ३७८७ नम्वरको स्कोर्पियो गाडीले अनियन्त्रित भई ठक्कर दिंदा एक महिलासहित चार जना घाइते भएका हुन् ।

प्रत्यक्षदर्शीका अनुसार ५० मिटर परैदेखि अनियन्त्रित हुँदै आएको सो सरकारी गाडीले पैदलयात्री, मोटसाइकल र दुई वटा गाडीलाई ठक्कर दिएको हो ।

आमाछोदिङ्मो गाउँपालिका रसुवाको सो गाडीले ठक्कर दिंदा पैदल हिडिरहेका नुवाकोटको म्यागङ गापा ६ का ३० वर्षिय वीरवहादुर तामाङ, रोकिरहेको वा६१प ३९६१ नं।को मोटरसाइकललाई ठक्कर दिदा प्रेमनाथ लामिछाने, घाम तापिरहेकी विदुर १ ढुंगेवजारकी २९ वर्षिया विमला ढकाल र सोही स्थानका ३२ वर्षिय उमेश थपलिया घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनालगत्तै स्थानीयले उद्धार गरि घाइतेहरुलाई नुवाकोट जिल्ला अस्पताल त्रिशूली लगेका थिए ।

घाइतेमध्ये गम्भीर रहेका वीरवहादुर तामाङलाई थप उपचारका लागि काठमाडौ लगिएको छ । अन्यको त्रिशूलीमा उपचार भइरहेको छ । दुर्घटनाका समयमा सो सरकारी गाडी आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष ३५ वर्षिय वुचुङ तामाङ आफैंले गुडाएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -