पोखरा : पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका खुलेको छ।
बिहान ९ बजे पोखराबाट काठमाडौं उड्न लागेको उडान नंम्बर ६५२ को जहाजको आकस्मिक ढोका खुलेर भित्र आएको हो। विमान स्टार्ट गरेपछि ढोका खुलेको र अर्को विमानबाट यात्रुलाई काठमाडौं ल्याइन लागेको बुद्ध एयरले जनाएको छ।
के कति कारणले ढोका खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेको पनि बुद्ध एयरले जनाएको छ।








































