पोखरा . आसन्न राष्ट्रिय सभा निर्वाचन ( ७ प्रदेशमा जम्मा १९ जना) का लागि हुन गईरहेको निर्वाचनमा नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशनमा गण्डकी प्रदेश समितिले महाततका ११ जिल्लाका कांग्रेस व्यक्तित्वहरु मध्यबाट सिफारिस गर्दा सिफारिसमा पर्न सक्ने सम्भावना बोकेका परम्परागत नाम र केही रिभ्युलुसन गर्न सक्ने नाम समेत निम्न कांग्रेस नेता मध्यबाट छानिने सम्भावना देखिन्छ ।
कांग्रेस पार्टी राष्ट्रिय राजनीतिमा केन्द्रीय भूमिकामा रहेको भएता पनि सर्वसाधारण जनता माझ पुराना पार्टीलाई असजिलो परिरहेका बेला केही नयाँ र र्याडिकल क्षमता राख्ने युवा बुद्धिजीवी समेत सिफारिसमा पर्नुपर्ने तथ्य आम कार्यकर्तामा छलफलको विषय बनेको छ । यसरी हेर्दा निम्न राजनीतिक व्यक्तित्वहरु मध्य कोही न कोही गोरखाबाट चाहिँ सिफारिसमा पर्ने देखिन्छ ।
१) पुर्व मन्त्री चिनकाजी श्रेष्ठ ( ४ पटक टिकट पाएका २ पटक हारेका , थप एकपटक समानुपातिक सांसद भएका, हाल केन्द्रीय सदस्य र देउवा समूह निकट )
२) किरण बाबु श्रेष्ठ ( १ पटक राजनीतिक नियुक्ति र १ पटक सांसद टिकट पाएका, हाल गण्डकी प्रदेश पार्टीका महामन्त्री , पुराना जिल्ला नेता, सभापति देउवा इतर समुह )
३) रविकला खनाल ( १ पटक सांसद टिकट पाएका, हाल प्रदेश सदस्य, सभापति देउवा इतर समुह )
४) अब्दुल सतार ( मुस्लिम कोटा , हाल केन्द्रीय सदस्य,देउवा समुह )
५) युवराज बस्ताकोटी ( लगातार पार्टी हितमा सकृय, पुर्व केन्द्रीय विभागका सचिव, हाल सम्मेलन प्रतिनिधि; र्याडिकल मत लिन सक्ने लोकतान्त्रिक प्रगतिशील कार्यक्रम दिन सक्ने , शिक्षा तथा विकास रणनीतिका अनुसन्धान कर्ता, देश निर्माणका नीति बनाउन सक्ने विशेष क्षमताका धनी युवा व्यक्तित्व , कांग्रेसले किसानका छोराछोरीलाई पनि अवसर दिन्छ भनेर देखाउन र राष्ट्रिय विचार बोक्ने नयाँ नेतृत्व स्थापित गर्न असाध्यै उपयोगी , नव पुस्तामा जागरुकता ल्याउन उपयोगी, देशको स्रोत र आवश्यकता तथा कांग्रेस संस्कृति बुझेका, शिक्षित व्यक्तित्व, राजनीति संस्कार र कांग्रेस संस्कृतिमा लागि सकृय व्यक्तित्व, युवा कांग्रेसहरु विच चर्चित )
साथै , प्रदेश सभापति शुक्रराज शर्मा, केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ , किरण पौडेल , अर्जुन जोशी , शारदा पौडेल लगायत थुप्रै पुराना आदर्शवान नेताहरु समेत सो पदहरुमा आफुलाई प्रस्तुत गरिरहेकाले सभापति शुक्रराज शर्मालाई निर्णय लिन भने राम्रै सकस हुने देखिन्छ ।देवराज चालिसे , दिल वहादुर घर्ती, राम वहादुर गुरुङ जस्ता नेताहरु समेतले इच्छा जाहेर गर्ने वुझिएकोछ।








































