Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०५:१७ दिउँसो
- ADVERTISEMENT -

राजनीतिक भागबण्डा नमिल्दा त्रिविको उपकुलपति नियुक्तिमा ढिलाइ

प्रकाशित मिति: २०८० मंसिर २७, बुधबार

242
Shares

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय यतिबेला निमित्त उपकुलपतिको भरमा चलिरहेको छ । उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाको चार वर्षे कार्यकाल गत कात्तिक १७ गते सकिए पनि अझै उपकुलपति नियुक्त हुन सकेको छैन ।

त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक १९ गते शिक्षाध्यक्ष प्राडा शिवलाल भुसाललाई तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका थिए । त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ ख बमोजिम रिक्त रहेको उपकुलपतिको पद पूर्ति नभएसम्मका लागि दैनिक कार्य सञ्चालन गर्नका लागि बढीमा ३ महिनाका लागि उपकुलपतिको जिम्मेवारी तोक्न सकिने व्यवस्था छ । सोही आधारमा कुलपति प्रचण्डले भुसाललाई उपकुलपति नियुक्त गरेका थिए ।

नयाँ उपकुलपति खोज्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । कात्तिक २० गते उपकुलपति छनोट समिति गठन गरिए पनि हालसम्म बैठक नै बस्न सकेको छैन । 

समितिमा शिक्षासचिव सुरेश अधिकारी र त्रिवि बौद्ध अध्ययन विभागकी प्रमुख डा. चन्द्रकला घिमिरे सदस्य छन् । समिति सदस्य तथा शिक्षासचिव सुरेश अधिकारीले मन्त्रीको व्यस्तताका कारण बैठक बस्न नसकेको बताए ।

मन्त्रीज्यू व्यस्त हुनुहुन्छ । समय मिलाएर बैठक बस्ने कुरा भइरहेको छ । बैठक बसेपछि सिफारिसका लागि एक कार्यविधि बनाउँछौँ । अनि त्यही आधारमा खुला आह्वान गरिन्छ । परेका आवेदनहरूबाट नै छनौट गरेर सिफारिस पठाइन्छ,’ सचिव अधिकारीले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -