Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३४:३० दिउँसो
- ADVERTISEMENT -

प्रधानमन्त्रीको भ्रमणले छुटेका यात्रु अझै अलपत्र

प्रकाशित मिति: २०८० मंसिर १५, शुक्रबार

237
Shares

प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणको क्रममा छुटेका यात्रु अझै अलपत्र अवस्थामा छन्। फ्लाइट नम्बर ‘आरए २२९’ को जहाजमा टिकट काटेकामध्ये ३१ जना यात्रुहरूलाई नेपाल एयरलाइन्सले समय तालिका परिवर्तन गर्दै बुधवार विमानस्थलमा छाडेपछि उनीहरू अलपत्र परेका हुन्। 

प्रधानमन्त्री दाहाल प्रतिनिधिमण्डलको सहजताका लागि नेपाल एयरलाइन्सले बुधवार राति ११ः३० बजेको उडान तालिका रहेको नेपाल एयरलाइन्सको जहाज साढे ९ बजे नै उडाएको थियो। निर्धारित समयभन्दा दुई घण्टा अगावै उडान समय तालिका संशोधन गरेपछि ३१ जना यात्रुहरू दुबई जानबाट रोकिएका थिए।

ती मध्ये १० जना यात्रु बिहीवार दुबई पुगेका छन् भने बाँकी २१ जना अझै काठमाडौँमै अलपत्र छन्। 

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले नागरिक न्यूजसँग कुराकानी गर्दै बुधवार छुटेका यात्रुहरूमध्ये सबै दुबई जान नपाएको बताए।  

उनले भने, ‘३१ जनामध्ये केही मात्रै बिहीवार दुबईका लागि उडेका छन्। विमानको समय तालिका अनुसार सिट व्यवस्थापन गरेर केही यात्रुहरूलाई पठाइएको छ। बाँकी रहेका यात्रुहरू आज विभिन्न फ्लाइटमा व्यवस्थापन गरेर पठाउँछौँ।’

उनले छुटेका सबै यात्रुहरूलाई टिकट दिइसकेको र आज रातिसम्म सबै छुटेका यात्रु दुबईका लागि उडान भरिसक्ने पनि बताए।

जलवायु न्यायका लागि विश्व युवा अभियान्ता प्रज्वलविक्रम राणाले आफ्नो सामाजिक सञ्जालमा बुधवार छुटेका मध्ये १० जना सकुशल दुबई पुगेको लेखेका छन्।

उनी पनि प्रधानमन्त्री दाहाल दुबई जाने क्रममा छुटेका यात्रुमध्येका एक हुन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -