काठमाडौं,५ मंसिर । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन अभियान’ ले मंसिर ७ गते गर्न लागेको जनप्रदर्शनकोकार्यक्रमस्थल बल्खु चोक रहने भएको छ ।
मेडिकल व्यवसायी तथा पूर्व एमाले नेता दुर्गा प्रसाईंको नेतृत्वमा हुने उक्त आन्दोलन यसअघि माईतीघर मण्डलामा हुने भनिएको थियो ।उक्त दिन एमाले निकटको युवा संघले पनि काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरेपछि प्रशासनले माईतीघर मण्डलालाई निषेधित क्षेत्रतोकेको थियो ।
प्रशासनको निर्णयपछि युवा संघले तिनकुनेमा कार्यक्रम आयोजना गर्ने भएको छ । भने प्रसाई नेतृत्वको अभियानले बल्खु चोकलाईकार्यक्रमस्थल निर्धारण गरेको हो ।








































