Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४९:०१ दिउँसो
- ADVERTISEMENT -

गठ्ठाघरमा चितुवाको आक्रमणबाट दुई घाइते, नियन्त्रणमा लिई चिडियाखाना लगियो

प्रकाशित मिति: २०८० कात्तिक २४, शुक्रबार

333
Shares

भक्तपुर । भक्तपुर जिल्लाको मध्यपुर थिमि–३ स्थित गठ्ठाघरमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् । एक्कासी बस्तीमा आइपुगेको चितुवाको आक्रमणबाट घाइते हुनेहरूमा गठ्ठाघर बस्ने ३३ वर्षिया सङ्गीता आलेमगर र काभ्रेपलाञ्चोक भुम्लुकी ६५ वर्षिया अमृता कँडेल छन् । 

घाइते दुवै जनाको मध्यपुर अस्पतालमा उपचार भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताउनुभयो । प्रविन आयल स्टोरको उत्तरतर्फ दुई वटा घरको चेपमा आज बिहान जङ्गली चितुवा फेला परेको थियो । स्थानीय पवित्रा सुनारको घरको कम्पाउण्डभित्र उक्त चितुवा फेला परेको हो ।

स्थानीयले खबर गरेपछि चितुवा नियन्त्रणमा लिन बिहानै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालय सानोथिमि भक्तपुरको टोली घटनास्थलमा पुगेको थियो । 

पछि चितुवालाई डिभिजन वन कार्यालय काठमाडौँको प्राविधिकसहितको टोलीले चार पटक डार्ट हानेर नियन्त्रणमा लिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत एवम् सूचना अधिकारी सलिना कडालले बताउनुभयो ।

चितुवा गर्भिणी जस्तो देखिएको र उद्धार गरी चिडियाखाना लगिएको छ । चितुवा नियन्त्रणका लागि काठमाडौँका वन अधिकृत अशोक पराजुली नेतृत्वको टोली खटिएको थियो । 

चिडियाखाना लगेर सुरुमा स्वास्थ्य जाँच गर्ने र स्वास्थ्य सामान्य रहेछ भने जङ्गलमा लगेर छाडिने वन अधिकृत पराजुलीले बताउनुभयो । चितुवा नियन्त्रणमा लिएको हेर्न स्थानीयको ठूलो भिड लागेको थियो । प्रहरीहरू पनि उल्लेख्य सङ्ख्यामा परिचालित भएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -