Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०५:४३ दिउँसो
- ADVERTISEMENT -

मुगु हत्याकाण्ड : लुट्ने उद्देश्यले २ जनाले बनाएका थिए हत्या योजना

प्रकाशित मिति: २०८० कात्तिक २४, शुक्रबार

268
Shares

काठमाडौँ । मुगुको छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहरा र उनका ३ जना छोराछोरीको हत्या लुटपाटको उद्देश्यले भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । हत्यामा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा मुगु प्रहरीले पिना गाउँपालिका वडा नम्बर–७ घर भएका गोर्खराज शाही ठकुरी उर्फ काले र गोपाल बोहोरालाई पक्राउ गरेको छ ।

पिना गाउँपालिका वडा नम्बर–७ घर भएका गोर्खराज शाही ठकुरी उर्फ काले बाँकेस्थित कोहलपुरमा बस्छन् । ‘काले’ ले लुटपाट गर्ने उद्देश्यले पिना गाउँपालिका घर भएका गोपाल बोहरासँग मिलेर हत्या योजना बनाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्– ‘सुन र नगद लुट्ने योजनासहित हत्या गरेको देखिन्छ ।’

गोपाल बोहरा अहिले छायाँनाथ रारा वडा नम्बर–६ स्थित मन्दुमा बस्दछन् । गोर्खराजले २०८० जेठ महिनामा मुगुको पिनामा गएर गोपाललाई भेटेर ‘श्रीदेवी बोहोरासँग ७–८ तोला सुन र नगद छ सो सुन र नगद लुट्नुपर्छ’ भनेर योजना बनाएका हुन् । योजना सफल पार्नका ‘काले’ कात्तिक ५ मा सुर्खेतबाट पिना गएर कात्तिक ६ मा मुगु पिनामा गोपालबहादुरको गोठमा लुकेर बसेका थिए । कात्तिक ८ मा श्रीदेवी बोहरा माइतीबाट फर्केपछि आरोपितहरूले उनको ११ वर्षको छोरा मनोज, ७ वर्षीय छोरी अप्सरा र १ वर्षीय छोरा रहरको हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ ।

हत्यापछि गोर्खराज र गोपालले श्रीदेवीले बोक्ने गरेको ओप्पो मोबाइल १ थान, कानमा लगाएको २।५ तोला सुनको रिङ र २५ ग्रामको सुनको तिलहरी लुटेर भागेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । हत्याराले श्रीदेवी र उनका पति दीपक बोहोराको नामको २ थान चेक, लालपुर्जा र ६ हजार नगद पनि लुटेका अनुसन्धानबाट थाहा भएको छ । हत्यापछि गोपाल बोहोरा गाउँमै बसे । गोर्खराज शाही ठकुरी सुर्खेत हुँदै नेपालगञ्जतर्फ फरार भए ।
कात्तिक २१ मा गोपाल बोहरा मुगुस्थित गमगढीबाट र कात्तिक २० मा ठकुरी सुर्खेतको पञ्चकोशी टोलबाट पक्राउ परेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -