काठमाण्डौं महानगरपालीकाले राती १ बजेसम्म देउसी भैलो खेल्न दिने भएको छ । मेयर बालेन शाहले एक विज्ञप्ति प्रकाशित गरी पर्वहरू प्रचलित परम्पराअनुसार सामाजिक एवं सांस्कृतिक पहिचान कायम हुने गरी प्रचलित कानुनको पालना गर्दै मनाउन अनुरोध गरेका छन्।
काठमाण्डौं महानगरपालीकाको मेयर बालेनले विज्ञप्ति प्रकाशित गरेर राति १ बजेपछि देउसीभैलो खेल्न नपाइने बताएका छन्। १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको ब्यबस्था मिलाएको उनले बताए।








































