Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३३:१६ बिहान
- ADVERTISEMENT -

संसद्को हिउँदे अधिवेशन नयाँ भवनमा चलाउने तयारी

प्रकाशित मिति: २०८० कात्तिक २१, मंगलबार

287
Shares

काठमाडौँ । शहरी विकास मन्त्रालयले निर्माणाधीन संघीय संसद् भवन निर्माणको हालसम्मको प्रगति र त्यहाँ रहने प्राविधिक पक्षबारे सभामुख र संसद् सचिवालयलाई जानकारी गराएको छ ।

शहरी विकास मन्त्रालयद्वारा भवन निर्माणको प्रगति र प्राविधिक पक्षबारे जानकारी दिन सिंहदरबारमा आज आयोजित कार्यक्रममा शहरी विकासमन्त्री सिता गुरुङले हिउँदे अधिवेशनसम्ममा मुख्य भवन निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो ।

मन्त्री गुरुङले संघीय संसद् भवन निर्माणको काम सोचे जसरी काम हुन नसकेपनि हिउँदे अधिवेशन नयाँ भवनमा नै चलाउने गरी द्रुत गतिमा काम भइरहेको बताउनुभयो ।

मन्त्री गुरुङले निर्माणाधीन संघीय संसद् भवनमा जडान गरिने प्राविधिक पक्षबारे जानकारी दिनुहुँदै भवन निर्माणका काम राम्रो होस भनेर छलफल राखिएको बताउनुभयो ।

छलफलमा सभामुख देवराज घिमिरेले संसद् भवनमा जडान हुने प्रविधिबारे घनिभूत छलफल हुनुपर्ने बताउँदै संसद् सचिवालयका प्राविधिकलाई जडानकै क्रममा संलग्न गरिनुपर्ने बताउनुभयो ।

सभामुख घिमिरेले हिउँदे अधिवेशन नयाँ संसद् भवनमा सञ्चालन गर्न चाहेको बताउँदै निर्माणाधीन संसद् भवनका मुख्य भवन २ महिनाभित्र सकिन्छरसकिँदैन भन्ने आफ्नो जिज्ञासा रहेको बताउनुभयो ।

छलफलमा संसद् सचिवालयका कर्मचारीहरूले त्यहाँ जडान गरिने प्राविधिक पक्षका बारेमा जिज्ञासा राख्नुभएको थियो ।

कार्यक्रममा संघीय संसद् भवन निर्माण आयोजनाका प्रमुख मच्छकाजी महर्जनले १ सय ५१ रोपनी क्षेत्रफलमा निर्माणाधीन संघीय संसद्का ११ वटामध्ये ७ वटा भवनको छानासम्मको काम भइसकेको जानकारी दिनुभयो ।

आयोजना प्रमुख महर्जनले ७५ प्रतिशत काम भइसकेको जानकारी दिनुहुँदै हिउँदे अधिवेशनसम्ममा राष्ट्रिय र प्रतिनिधिसभाका लागि मुख्य दुई वटा भवनसहित ५ वटा भवन बनाइसक्ने तयारी रहेको बताउनुभयो ।

छलफलमा संघीय संसद् भवनमा प्रयोग हुने कन्फरेन्स सिष्टम र साउण्ड सिष्टमलगायतका प्रविधिहरूबारे सम्बन्धित कम्पनीका प्रतिनिधिहरूले जानकारी गराएका थिए ।

छलफलमा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगर, महासचिव भरतराज पौड्याल, सचिवद्वय सुदर्शन खड्का र रोजनाथ पाण्डेलगायत संघीय संसद् सचिवालय र शहरी विकास मन्त्रालयका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -