नवलपरासी जिल्ला सुस्ता पुर्व , कावासोती नगरपालिका स्थाइ ठेगाना भएर
काठमाडौंमा बिभिन्न पेशा गरेर रहनु भएकाहरुको संस्था कावासोती काठमाडौं ९
का का चौतारी चौतारी द्वारा दशै , तिहार , नेपाल सम्बत र छठ पर्वको
अवसरमा शुभकामा आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम
मिती २०८०।०७।१८ गते शनिबार काठमाडौंको धुङेधारामा रहेको छो रोल्पा
ब्यान्केटमा सम्पन्न भएको छ ।
कार्यक्रममा नवलपरासी सुस्ता पुर्व , कावासोती नगरपालिका स्थाइ ठेगाना भएर
काठमाडौंमा बिभिन्न पेशा गरेर रहनु भएका ब्यक्तीहरुको उल्लेखनिय उपस्थिती
रहेको थियो। सो कार्यक्रममा का। का। चौतारीका अधक्ष्य श्री अर्जुन प्रसाद
रिजालले संस्थाको मुख्य उदेश्य प्रती सबैजना जिम्मेवार रहेर अगाडि बढनुपर्ने
भन्दै हिन्दूहरुको महान पर्वको अवसरमा शुभकामना प्रदान गर्नु भयो ।
सोही कार्यक्राममा अधक्ष्य श्री अर्जुन प्रसाद रिजालले यही कार्तिक १७ गते राती
पश्चिम नेपालमा भुकम्पले गरेको क्षतीले सम्पूर्ण नेपालीहरुलाई मर्माहित बनाएको
जानकारी गराउनु भयो ।
कार्यक्रममा भुकम्पमा परेर दिवङत हुनुभएको आत्माहरुको चिर शान्तीको कामना
गर्दै १ मिनेट मौन धारण गरिएको र घाइते हरुको शिघ्र स्वास्थ्य लाभको
कामना समेत गरियो ।








































