मेछाप । रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच हात हालाहाल भएको छ ।
शुक्रबार बिहान ८ बजे तारा एयरको टुइन अटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष साह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच रामेछाप विमानस्थलमा कुटाकुट भएको हो ।
झगडाको कारण भने खुलेको छैन । रामेछाप विमानस्थल प्रमुख अशोक थापाले लुक्लाबाट आएको जहाजका क्याप्टेन सन्तोष साह र रामेछापबाट त्यो जहाज लिएर लुक्ला जाने अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच झगडा परेको जानकारी दिए । घटनापछि क्याप्टेन साहको हातमा चोट लागेको छ । क्याप्टेन सञ्जीव श्रेष्ठ भने जहाज लिएर लुक्ला पुगेका छन् ।








































