Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०८:३४ दिउँसो
- ADVERTISEMENT -

डडेल्धुराका सरकारी कार्यालयमा छड्के अनुगमन, १७३ कर्मचारी अनुपस्थित

प्रकाशित मिति: २०८० कात्तिक १५, बुधबार

192
Shares

डडेल्धुरा । दसैँ बिदा सकिएको हप्ता दिन बितिसक्दा सम्म पनि सरकारी कर्मचारी कार्यालयमा हाजिर भएका छैनन् । कर्मचारीहरू कार्यालयमा नआएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले मङ्गलवार छड्के अनुगमन गरेको थियो ।

प्रशासनले २९ कार्यालयमा छड्के अनुगमन गर्दा २९ कार्यालयका एक सय ७३ जना कर्मचारी अनुपस्थित रहेको पाइएको बताएको छ । ती मध्ये डडेल्धुरा अस्पतालका मात्रै ९२ जना रहेका छन् । जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा चन्द्रबहादुर रोकायाका अनुसार अनुगमनका क्रममा नौ कार्यालयका कार्यालय प्रमुख समेत अनुपस्थित रहेको पाइएको छ ।

अनुपस्थित रहने कार्यालय प्रमुखमा यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख हर्ष रोका, स्वास्थ्य कार्यालयका प्रमुख केशरबहादुर साउँद, ग्रामीण उद्यम तथा आर्थिक करिडोर कार्यालयका प्रमुख द्रोण बुढाथोकी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयका प्रमुख ध्रुवराज जोशी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख गणेशकुमार रोका, जिल्ला आयुर्वेद कार्यालयका प्रमुख निशान्त शर्मा, पूर्वाधार विकास कार्यालयका प्रमुख नवराज रावल, नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराका प्रमुख रमेश अवस्थी र प्रदेश कोलिनिकाका प्रमुख चेतराज जोशी रहेका छन् । कार्यालयमा उपस्थित नभएका कर्मचारीलाई प्रशासनले अनुपस्थित हुनुको कारण सहित तिन दिन भित्र स्पष्टीकरण दिन भनेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -