काभ्रे । काभ्रेको पनौती नगरपालिका ५, सुन्दरबस्तीमा बागमती प्रदेश ३-००१-ज ०२९८ नम्बरको इलेक्ट्रिक गाडी दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ । यस्तै आठजना घाइते भएका छन् ।
बुधबार बिहान करिब पौने ७ बजे उक्त गाडीले काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बा ६५ प १७७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलाई ठक्कर दिएर भाग्ने क्रममा गाडी सडककिनारको नालामा खसेको थियो । गाडीमा चढेका सातजना र मोटरसाइकलमा चढेका दुईजना घाइते भएका थिए ।
दुर्घटना घाइते भएका नौ जनालाई नै उपचारका लागि धुलिखेल अस्पतालमा लगिएको थियो । घाइतेमध्ये गाडीमा यात्रारत रामेछापको मन्थली नगरपालिका १२ की २० वर्षीया रमिला बुढाथोकीलाई उपचारका क्रममा धुलिखेल अस्पतालले बिहान ७स्३५ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी ९प्रहरी नायब उपरीक्षक० राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार गाडीका चालक पनौती नगरपालिका ५ का ४१ वर्षीय उपेन्द्र थापालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।
श्रेष्ठका अनुसार घाइते हुनेमा गाडीमा यात्रारत रामेछापको मन्थली नगरपालिका १ की २३ वर्षीया पुष्पा तामाङ, लिखु तामाकोशी गाउँपालिका ६ का ५१ वर्षीय टंकप्रसाद दाहाल, मन्थली नगरपालिका २ की ३० वर्षीया ज्ञानु ढुंगेल, मन्थली १ का १८ वर्षीय रकिट ढुंगेल, लिखु तामाकोशी गाउँपालिका ६ का ३८ वर्षीय अनिल आलेमगर, सिन्धुलीको सुनकोशी गाउँपालिका ३ का ३१ वर्षीया उर्मिला घिमिरे, मोटरसाइकलमा चढेका इलाम थाकथुम गाउँपालिका ३ का ४० वर्षीय रामकुमार राई र उनकी ३९ वर्षीया पत्नी प्रविशा सुनुवार घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ ।







































