Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:११:१७ दिउँसो
- ADVERTISEMENT -

देउराली सहकारीः अध्यक्ष चौलागाईंले साढे ४ करोड हिनामिना

प्रकाशित मिति: २०८० असोज १९, शुक्रबार

229
Shares

काठमाडौं– प्रहरीले ललितपुरको देउराली बचत तथा ऋण सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआइबी०ले सहकारी ठगी कसुरमा उनलाई बुधबार पक्राउ गरेको हो।

चौलागाईंविरुद्ध साढे ४ करोड ठगीको जाहेरी परेको सीआईबीले जनाएको छ। देउराउलीले बचतकर्ताको करिब ७ अर्ब फिर्ता गर्न सकेको छैन। देउराली बचत तथा ऋण सहकारीको करोडौं रकम हिनामिना प्रकरणमा अनुसन्धान गरिरहेको सीआइबीले पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ।

संस्थाकै अध्यक्षसहित पदाधिकारीहरुले नै रकम हिनामिना गरेको जाहेरीका आधारमा प्रहरीले उक्त सहकारीका अध्यक्ष काभ्रेपलाञ्चोकका चौलागाईंलाई पक्राउ गरेपछि आफ्नो रकम हिनामिना भएको भए बेहोरा उल्लेख गरी उजुरी दिन सीआईबीले बचतकर्तालाई आग्रह गरेको हो।

सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले अहिलेसम्म पीडितबाट साढे ४ करोड ठगी भएको उजुरी प्राप्त भएकाले बाँकी कोही पीडित भए सम्पर्कमा आउन सूचित गरिएको जानकारी दिए।

निक्षेपकर्तालाई आकर्षक ब्याज दिने प्रलोभन देखाई तिनको रकम मुद्दती, निक्षेप, आवधिक बचत, सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएर अध्यक्षसहितका पदाधिकारीले हिनामिना गरेका थिए।

सहकारीबाट मासिक तथा त्रैमासिक र वार्षिक रुपमा ब्याज पाइने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण सावाँ र ब्याज फिर्ता पाइने विश्वासका साथ बचतकर्ताले रकम जम्मा गरेका थिए। तर, बचत रकमको सावाँ र ब्याज फिर्ता नदिई हिनामिना गरेपछि पीडितहरु प्रहरीमा आइपुगेका थिए।

पटक–पटक ताकेता गर्दा पनि फिर्ता नदिएर आफ्नो निक्षेप जोखिममा पारेपछि पीडतले उजुरी दिएको प्रहरीले जनाएको छ। सीआईबीले तुलसी सहकारी, शिवशिखरलगायत विभिन्न सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि अनुसन्धान गरिरहेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -