Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०५:१६ दिउँसो
- ADVERTISEMENT -

म्याद सकिएका बियर बेच्नेलाई २ लाख रुपैयाँ जरिवाना

प्रकाशित मिति: २०८० असोज १६, मंगलबार

231
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले म्याद गुज्रिएका बियर वितरण गर्ने भीम स्टोरलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । वडा नं। २६ ठमेलमा रहेको गामबेँसी दोहोरी साँझमा पुगेका उपभोक्ताले कार्लबक्स वियरमा स्वाद नभएको पाएपछि मिति हेरेका थिए । कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं खाद्य निरीक्षक डा।अवधेश झाका अनुसार उपभोक्ताले म्याद सकिएको बियर खरिद गरेर, अवस्थाका विषयमा जानकारी गराएका थिए ।

उपभोक्ताले गुनासो महानगरमा आइपुग्यो । महानगरको अनुगमन टोली दोहोरी साँझमा पुग्यो । दोहोरी साँझ सञ्चालकका सञ्चालकले वियर पठाउने वितरक न्यू भीम स्टोरमा पुर्याए । स्टोरबाट सामान सप्लाइ हुने जोशी सप्लायर्स हुँदै टोली त्यहाँ पुगेको थियो ।

आइतबार अनुगमन टोलीले स्टोरको अनुगमन गर्यो । स्टोरको तल्लो तलामा अनुगमन गर्दा म्याद सकिएका सामान थिएनन । अनुगमन टोलीले सोधेको प्रश्नमा अक्मकिएका थिए । टोलीले अर्को स्टोर देखाउन भन्यो । उनले अर्को ठाउँमा नभएको बताए । टोली फर्कियो तर निगरानी गरिरह्यो । सोमबार उनको घरको माथिल्लो तलामा स्टोर भएको पत्ता लगाएर अनुगमन टोलीले त्यस ठाउँमा भएका सामान हेर्यो । यहाँ म्याद गुज्रिएका वियरहरु थिए । अनुगमनमा भएका क्रियाकलापका विषयमा जानकारी दिँदै डा। झाले भन्नुभयो, ‘झुटो विवरण दिएको । म्याद सकिएका वियरलाई म्याद भएका वियरसँग मिसाएर विक्री गरेको पाइए पछि २ लाख रुपैयाँ जरिवाना गरेका हौँ ।’

अहिले स्टोरका सञ्चालक मानन्धरले, आफ्नो माथिल्लो स्टोरमा म्याद सकिएका ३४ केस सानमिगलका क्यान बियरसहित टुवोर्ग र गोरखा वियर रहेको स्वीकार गरेका छन् । उनले भनेका छन्, म्याद सकिएका बियर फिर्ता लैजान ७ महिनादेखि कम्पनीलाई भनिरहेको छु । तर फिर्ता लगेको छैन । उनले भनेका छन्, अब उप्रान्त म म्याद नहेरी सामान बजारमा पठाउँदिन ।

यस विषयलाई अनुगमन टोलीले कसरी निगरानी गर्छ रु प्रश्नको उत्तरमा निरीक्षण अधिकृत झा भने, ‘जरिवाना तिराएर हाम्रो दायित्व सकिएको छैन । वितरकले भनेअनुसार कम्पनीले ७ महिनादेखि किन सामान फिर्ता लगेन रु यो विषयलाई टुङ्गोमा पुर्याउँछौँ ।’

गामबेँसी दोहोरीका सञ्चालक सञ्जय श्रेष्ठले, यसपछि मिति हेरेर मात्र सामान विक्री गर्ने, स्टोरका सञ्चालक मानन्धरले, मिति गुज्रिएका सामान बजारमा नपठाउने प्रतिवद्धता गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -