Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३५:१३ दिउँसो
- ADVERTISEMENT -

पूर्वराजा ज्ञानेन्द्र शाहाद्वारा तलेजु र भैरवको पूजा

प्रकाशित मिति: २०८० असोज ८, सोमबार

242
Shares

भक्तपुर। पूर्वराजा ज्ञानेन्द्र शाहले पहिलो पटक भक्तपुरस्थित तलेजु र आकाश भैरवको पूजा एवं दर्शन गर्नुभएको छ । भक्तपुरका स्थानीय जनताको अनुरोधलाई स्वीकार्दै शाह आइतबार भक्तपुर पुग्नुभएको हो ।

गणतन्त्र घोषणापछि पहिलो पटक पूर्वराजा ज्ञानेन्द्रले भक्तपुरको दरबारस्क्वायरमा रहेको तलेजु भवानी र तौमढीमा रहेको आकाश भैरवको दर्शन एवं पूजा गर्नुभएको हो ।

उहाँको स्वागतका लागि ठूलो सङ्ख्यामा स्थानीयवासी दरबरस्क्वायर परिसरमा नेपालको राष्ट्रिय झन्डा बोकेर सहभागी भएका थिए । स्वागतमा झाँकी, विभिन्न सांस्कृतिक नाच एवं बाजाहरु बजाइएको थियो ।

स्थानीयवासी अनन्तप्रसाद धौभडेलको संयोजकत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसद तथा केन्द्रीय सदस्य, नेपाली सेनाका पूर्वकर्णेल, जर्नेल एवं पूर्वमन्त्री एवं केन्द्रीय नेता टङ्क ढकाल, राप्रपाका सहमहामन्त्री रवीन्द्रप्रताप शाह, केन्द्रीय सदस्य रामहरि थापा, जमुना थापा, कार्यक्रमका सदस्यसचिव रामेश्वर थापा, मुकुन्द कार्कीलगायतका केन्द्रीय तथा जिल्ला नेताहरुले स्वागत गरेका थिए ।

भक्तपुर दरबार क्षेत्रस्थित खौमा गेटमा पूर्वराजा ज्ञानेन्द्रको स्वागत गरिएको थियो । त्यहाँबाट पैदल हिँडेर उनी भक्तपुर तलेजु पुग्नुभएको थियो भने त्यहाँ दर्शनपछि फेरि पैदल नै हिँडेर टौमढीस्थित भैरवनाथ मन्दिर पुग्ने पूजा एवं दर्शन गर्नुभएको थियो ।

तलेजु भवानी र भैरवानाथको दर्शनपछि पूर्वराजा ज्ञानेन्द्रले सल्लाघारीस्थित होटल ग्रिनल्यान्डमा जनतासँग भेट गर्नुभएको छ । त्यस क्रममा पत्रकारसँग उहाँले भक्तपुरको जनताको अपार माया पाएको प्रतिक्रिया दिँदै जनतासँग भेट्न पाउँदा खुसी लागेको बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -