काठमाडौं , भाद्र २९ गते : शिक्षाविद् तथा नीति अध्यता युवराज बस्ताकोटीले नेपाली नारीको पर्व हरितालिका तीजको पुर्व सन्ध्यामा पढेर ग्रहण गर्न लायक शुभकामना सन्देश दिएका छन्। राष्ट्रिय बाल दिवस २०८० को पावन अवसर समेत पारेर सचेतना आफ्नो सामाजिक सञ्जालमा सहित सन्देश यसरी प्रस्तुत गरेका छन्, ” दिदीबहिनीहरुमा आउदै गरेको तीज पर्वको अग्रिम शुभकामना ।
अग्रिम शुभकामना चाहिँ यसकारण दिंदैछु।
गर्न नहुने
१ अराजक र अश्लील नृत्य तथा हाउभाउ आउने कृयाकलाप गरेर भिडियो/ टिकटक/ रिलमा नहाल्ने। तपाईंको परिवार र छोराछोरीको कम्तीमा मर्यादा गर्नुहोला। असल चरित्रका दाजुभाइले मेरो दिदीबहिनी भन्न सक्ने बाहेक अन्य पोष्ट नगर्नुहोला।
२ थैलो जत्रो छ ,त्यति मात्रै सामान अट्छ। अनावश्यक खर्च ( गहना / पहिरन / पार्टी ) गराएर आफ्नो वा श्रीमान् को दुख पसिनाको अपमान नगर्नुहोला । कतिपयले त बैंक , सहकारी ,समूह वा व्यक्तिको पैसा ऋण लिने नतिर्ने तर अनावश्यक पारा देखाएर खर्च गर्दै हिडेका पनि देखिए ,थाहा पाईयो ,अत: त्यस्तो सस्तो कार्य नगर्ने।
३ सुन गहना कपडाको प्रदर्शन गर्ने र आफ्नै दिदीबहिनी बिच समेत प्रतिस्पर्धा गरेको देखिन्छ । त्यसो नगर्ने ।
गर्नु पर्ने
१ सनातन सभ्य सुसंस्कृत शब्द भएका गीत गाउने, सभ्य नृत्य गर्ने, रमाउने ।
२ साधारण रुपमा दिदीबहिनी दाजुभाइ बा आमा भेटघाट गर्ने, इच्छुकले स्वास्थ्य नबिग्रने गरि भगवानको सेवा पूजा आरधना गरेर मन शान्त हुने , आनन्दित बन्ने ।विश्वास लाग्छ भने आफ्नो इच्छा अनुसार पारिवारिक गाँठो बलियो बनाउने सम्म गर्ने । विश्वास भए मन्दिर जाने तर दिनभर पानी नखाई नबस्नु राम्रो । शरीर भित्र पनि देवता छन् , भन्ने बुझ्ने।
३ स्वास्थ्यको ख्याल गर्ने , आफुलाई विश्वास नभए व्रत पनि नबस्ने ,तर अरुको आस्था र विश्वास माथि आघात पर्ने टीका टिप्पणी भाषण अन्तर्वाता दिएर धेरै “शिक्षित , दिक्षित वा क्रान्तिकारी ” नपल्टने । कुनै पनि अस्वभाविक हर्कत र शब्द : सामाजिक चरित्र विरोधी नै हुन्छ। सुसभ्य र मितव्ययी समाज आजको अपेक्षा हो । साथै , ” बालबालिका माथिको लगानी , सुनिश्चित भविष्यको थालनी ” भन्ने नारासहित मनाउँदै गरिएको आजको राष्ट्रिय बाल दिवसको पावन अवसरमा समेत सम्पूर्ण बालबालिकालाई हार्दिक शुभकामना व्यक्त गर्दछु। “








































