काठमाण्डौं २८ भदौ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका १ मा रहेको सन्चो अस्पतालका डाक्टरलाई विना कारण कुटपिट गरेको भन्दै नेपाली कांग्रेसका नेता दीपक वावु कडेलले गृहमन्त्री नारायण काजी श्रेष्ठ लाई चिठी लेखेका छन् ।
उहाँ भन्नु हुन्छ: आज सामाजिक सञ्जालमा डाक्टर साहाव हरूलाई हातपात गरेको देखे, यदी यो अमर्यादित र अपराधीक कृर्याकलाप माथी तथ्य परक ढङ्गले छानबिन भएन भने तपाई माथी प्रश्न ऊठ्छ र डाक्टर साहेबको मनोवल घट्नेछ ।
विना कारण डाक्टरलाई हातपात गर्ने व्यक्तिहरू सङ्गठित अपराधीक गति विधिका त हैनन् समूहमा अस्पताल छिरी सामूहिक हातपात बहुत खराब हुनसक्छ।
गृह मन्त्री ज्यु देश सरकार विहिन जस्तो नदेखीयोस ।
कडेल गोरखा, पालूङटार नगरपालिकाको पूर्व मेयर पनि हुनुहुन्छ ।
एक महिना अघि डेंगु संक्रमणबाट हेटौँडा–१२ का ४१ वर्षीय राजेश प्रधानको मृत्यु भएपछि उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तले डाक्टर विकास थापा र प्रशान्त विडारीलाई कुटपिट गरेका थिए ।
उनीहरूले अस्पताल भित्रै छिरेर डाक्टरलाई कुटपिट गरेका हुन् । सीसीटीभी फुटेजको आधारमा प्रहरीले यसअघि नै मृतक प्रधानकी श्रीमती रमा र छोरी रमितालाई पक्राउ गरेको थियो भने घटनामा संलग्न छोरा रोहीत र भतिज अनुप प्रधानलाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।








































